आज अनमोल केसीको जन्मदिन, शुभकामना दिनेको ओइरो

नेपाली चलचि’त्रका सफल नायक अनमोल केसी आजबाट २७ बर्षमा प्रवेश गरेका छन् । वि.सं २०५० साल चैत्र १७ गते जन्मिएका अनमोल आज आफ्नो जन्मदिन मना’उँदैछन् । पिता भूवन केसी र आमा सुस्मिता केसीको को’खबाट जन्मिएका अनमोलले चलचित्र ‘होस्टेल’बाट नेपाली चलचित्र क्षेत्रमा नायकको रुपमा डेब्यू गरेका थिए । यसपछि सबैजसो चलचित्रमा सफलता व्यहोर्दै अगाडि बढेका अनमोल नेपाली च’लचित्रका सबैभन्दा महंगा नायक समेत हुन् ।

आज ज’न्मदिनमा खास कार्यक्रम केही पनि नभएको बताउने अनमोल परिवारसँग नै सेलिव्रेशन गर्ने बताउँछन् । अनमोलले जन्मदिनको अवसरमा मन्दिरमा पुगेर पूजा ग’रेको बताए । आजबाट चलचित्र ‘ए मेरो हजुर ४’को बाँकी छायांकन सुरु हुने सेड्यूल भएपनि मौसमका कारण शुक्रबार सरेको केसीले बताए । उनै, अनमोल केसीसँग जन्मदिनको अवसरमा अनलाइनखबरका लागि ‘विजय आवाज’ले गरेको कुरा’कानी यसप्रकार छः

चलचित्र क्षे’त्रमा आएपछि आफ्ना कती सपना पुरा भए जस्तो लाग्छ ?
सपना त मानिसको धेरै हुन्छ । मु’ख्यकुरा मेरो परिवार नै यही क्षेत्रमा भएका कारणले गर्दा, हामी जे छौं चलचित्र क्षेत्रकै कारणले गर्दा छौं । मुख्य’कुरा त दर्शकले दिनुभएको माया नै मुख्य कुरा हो । सपना त हरेक दिन नयाँ नै देख्छु । तर, यो क्षेत्रले जती मला’ई दिएको छ, यसबाट म खुशी छु ।

नेपाली चल’चित्र क्षेत्रले तपाइबाट ठूलो आशा पनि गरेको छ । तपाइलाई भने, नेपाली चलचित्र क्षेत्रलाई कहाँ पुर्याउने लक्ष्य छ ?
कोभिडपछि चलचित्र क्षे’त्रलाई पुरानै अवस्थामा फर्काउन मन छ । फेरि दर्शकलाई हलसम्म ल्याउने वातावरण बनाउनुपर्छ । यसका लागि मैले मेरो चलचि’त्रमा सक्दो मिहिनेत पनि गरेको छु । अर्कोतिर, मलाई बलिउड वा हलिउडमा करिअर खोज्न भन्दा पनि नेपाली चलचित्रलाई मेकिङ र सब–टाइटलको माध्यमबाट विश्व’स्तरमा पुर्याउन मन छ ।

अनमोल’सँग काम गर्न निकै गाह्रो छ भन्छन् नी मेकरहरु ? के तपाई काम गर्न असजिलो नै हो ?
मलाई साइन नगरुन्जे’लसम्म मात्र गाह्रो हो । साइन गरेपछि म एकदमै सजिलो छु । चलचित्र साइन गर्दा धेरै कुरा सोचेर काम गर्नुपर्छ । दर्श’कको अपेक्षा ममाथि के छ भन्ने पनि मैले वुझ्नपर्छ । त्यहीमाथि अहिलेसम्म, एउटा पनि चल’चित्रले कमजोर व्यापार गरेको छैन । यसैले, आफूले जानेको, वुझेको अनुसार म सोचेर मात्र काम गर्छु । यसरी काम गर्दा कतिपयको मन दुख्छ, कतीले इगोको रुपमा लिनुहुन्छ । तर, म त आफ्नो काम’मा इमान्दार भएको हुँ । धेरै चलचित्र गर्दा फाइदा त मलाई नै हो । यसैले, ममाथि दर्शकले गर्नुभएको भरोसा अनुसार मैले काम गर्नुपर्छ भन्ने सोच हो । यो कुरा’मा म अडिग नै छु ।

के तपाइ’लाई आफ्नो अडानमा सधै कायम रहन सक्छु जस्तो लाग्छ ?
मेरो बर्षमा एउटा मात्र चल’चित्र गर्नुपर्छ भन्ने सोच होइन । राम्रो कथा आयो भने बर्षमा २–३ वटा पनि गर्छु । राम्रो कुर्नुपर्ने अवस्था आयो भने ३ बर्षमा एउ’टा पनि गर्न सक्छु ।

तपा’इलाई चलचित्र असफल हुन्छ कि भन्ने डर कती लाग्छ ?
यो त भैहाल्छ नी । चलचित्र एउटा नाय’कको कारणले मात्र चल्ने होइन । निर्माता, निर्देशक, कलाकार, प्राविधिक, लेखक, सबै टिमको सहकार्यमा नै चलचित्र चल्ने हो । एउटा चलचित्रको उडान सूरु भएपछि त्यसको सुरक्षित ल्यान्डि’ङको प्रतिक्षा हुन्छ । चलचित्र रिलिज नभएसम्म मलाई डर लाग्छ नै । अघिल्लो चलचित्र भन्दा व्यापार कस्तो हुने हो भन्ने डरले स’ताउने गर्छ ।

पछि’ल्लो समय, तपाइलाई ७५ लाखमा चलचित्रको अफर आयो भन्ने खबर सार्वजनिक भएको छ ? यसमा कती सत्यता छ ?
यो कुरा सत्य नै हो । मलाई सो चलचि’त्रको निर्माण टिमले अफर गर्नुभएको छ । तर, अब सबै कुरा मिल्दै गयो भने म उक्त प्रोजेक्टमा हुन पनि सक्छु । तर, अहिले’सम्म चलचित्र साइन गरेको छैन । तर, उक्त प्रो’जेक्टमा काम गर्ने संभावना बढी छ

अनमोल केसी’को पारिश्रमिक किन यत्ती महंगो हुँदै गएको हो ?
मैले सुरुको दिनदेखि नै निर्मा’तालाई मेरो पारिश्रमिक यति हो भनेर माग गरेको छैन । सायद, उहाँहरुले मेरो ब्रान्ड भ्यालू बुझेर आफै अफर गर्नुभएको होला । मैले बोलेको भरमा दिनैपर्छ भन्ने त कही पनि छैन । सबैले आफ्नो डिमाण्ड राख्न त पाइन्छ । तर, डि’माण्डलाई म्याच गर्ने रिजल्ट दिन पनि आवश्य’क छ ।

मेरो चल’चित्रले सो रिजल्ट दिएकाले पनि मलाई महंगो पारिश्रमिकमा अफर गर्नुभएको होला । सुरुको दिन’देखि मैले पैसा हेरेको छैन । पैसाको पछि भागेको भए त मैले बर्षमा थुप्रै चलचि’त्रमा काम गर्थेँ होला । म पैसाको पछि भाग्ने मा’निस नै परिनँ । अनलाइन खबरबाट

प्रतिकृया दिनुहोस्