बाँदरलाई जङ्गलमै भु’लाउन फलफूल खेती

तनहुँको म्याग्दे गाउँपालिका-२ का श्यामलाल श्रेष्ठ बाँदर आ’तङ्कले हैरान छन् । बाँदरले खेतबारीमा आएर बाली खाइदिने गरेपछि उनी मात्र होइन, उमाचोकका अधि’कांश कृषक पीडित छन् ।

खेतबारीमा आएर बाली खाइ’दिनुका साथै घरमै आएर पनि अन्नबाली नष्ट गर्ने क्रम बढ्दै गएको श्रेष्ठको गु’नासो छ । ‘खेतमा काम गर्न गएको बेलामा बाँदरले आक्रमण पनि गर्ने गरेको छ, बाँदर आ’तङ्कबाट हैरानै भइयो”, श्रेष्ठले भने, ‘बाँदर आत’ङ्कबाट छुटकारा चाहिएको छ ।’

यहाँका कृषकलाई बाँदर आतङ्क’बाट मुक्त गराउन डिभिजन वन कार्यालय तनहुँले जङ्गलमा फलफूलको बिरुवा रोप्ने कार्यक्रम अगाडि सारेको छ । ‘बाँदर आ’तङ्क न्यूनीकरण गर्न सबडिभिजन वन कार्यालय म्याग्देको सिफारिसबमोजिम उमाचोक सामु’दायिक वनमा फलफूलका बिरुवा रोप्ने तयारी गरेका छौँ”, वन समूहका अध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘वनमै फलफूल भएपछि बाँदर त्यतै भुलेर बस्ती’तिर आउँदैन कि भन्ने लागेको छ ।’

सबडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले तनहुँमै पहि’लोपटक उमाचोकमा बाँदर भुलाउन जङ्गलमा फलफूलको बिरुवा रोपण गर्न लागिएको जा’नकारी दिनुभयो । ‘बाँदरले आफ्नो आहाराको अभावमा किसानको खेतीबाली नष्ट गर्ने तथा मानिसलाई नै आक्र’मण गर्ने समस्या न्यूनी’करणका लागि फलफूलका बिरुवा लगाउन लागेका हौँ’, रानाभाटले भने ।

यस कार्यक्रमका लागि डिभिजन वन कार्यालय तनहुँले रु सात लाख ५० हजार स’हयोग गरेको छ भने २० प्रतिशत सामुदायिक वनले लागत साझेदारी गर्नेछ । सामुदायिक वनको तीन हे’क्टर क्षेत्रफलमा करिब ८४० वटा विभिन्न प्रजातिका वनजन्य फलफूलको बिरुवा रोपिनेछ । ‘बुट्यान जङ्गलमा बाँदरले मन पराउने बर्से’नि उत्पादन हुने खालका बिरुवा लगाइनेछ, त्यसका लागि जग्गा मिलाउने, तारबार गर्ने काम भइरहे’को छ’, उनले भने।

उनका अनुसार यहाँ काफल, चिउरी, जामुन, अमला, लोकल आँपहरु, कटहर, चि’लीलगायतका बिरुवा उत्पादन गरिनेछ । दुई/तीन वर्षमा फलफूल उत्पादन हुने भएपछि बाँदर ज’ङ्गलमै भुल्ने र बस्तीसम्म नजाने विश्वास गरिएको छ । ‘म्याग्देका विभिन्न ठाउँमा बाँदर आ’तङ्क छ, त्यसमध्ये पनि उमाचोकमा बढी नै आ’तङ्क रहेको पाइयो’, रानाभाटले भने, ‘विगतमा धेरैपटक खेतबारीमै गएर महिलालाई आ’क्रमण गर्ने गरेको घ’टना छ ।’

म्याग्देमा बाँदरले दुःख दिन थालेपछि गत वर्ष गाउँपालिकाले कृषकलाई बाँदर भ’गाउने उप’करण प्रदान गरेको थियो तर उक्त उपकरण प्रभा’वकारी नभएको कृषकको भनाइ छ ।

म्याग्दे गाउँपालिका-१ का कृषक एककुमार श्रेष्ठले बाँदरले बारीमा पसेर सबै बाली न’ष्ट गरिदिने गरेको गु’नासो गरे । म्याग्दे गाउँपालिका-२ का कृषक बुद्धिबहादुर मगरले बाँदरले दुःख दिएपछि दिनभर बारी कुरेर बस्नुपर्ने बाध्य’ता रहेको बताए । अनलाइन खबरबाट

प्रतिकृया दिनुहोस्