ओलीले नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले भनिन्- ‘हेक्का होस्! पृथ्वी गोलो छ’

एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माध’व नेपाल र उपाध्यक्ष भीम रावल’लाई निलम्बनको कारबाही गरेपछि एमाले नेर्त रामकुमारी झाँक्रीले प्रतिवाद गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटमार्फत भट्टराईले अध्यक्ष केपी ओलीले नेता नेपाल र रावललाई गरेको कारबाही कमजोरहरूको अन्तिम अस्त्र भएको बताउ’नुभएको छ ।

कमजोर’हरूको अन्तिम अस्त्र हो । जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने । हेक्का होस् ! पृथ्वी गोलो छ’, उहाँले लेख्नुभएको छ, । अध्यक्ष ओ’लीले सोमबार नेता नेपाल र रावलले बुझाएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै ६ महिनाका लागि दुवै नेतालाई पार्टीको सा’धारण सदस्यसमेत नरहेन गरी निलम्बन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्; नेकपा माओवादी केन्द्रले बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेललाई दिएको समर्थन फिर्ता लिने भ’एको छ । सोमबार प्रदेश पार्टी कार्यालय बबरमहल, काठमाडौंमा बसेको माओवादी केन्द्रको संस’दीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै तीन वर्षदेखिको सत्ता साझे’दारी टुंगिने भएको हो ।

माओ’वादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सशक्त प्रमुख प्रति’पक्षको भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो । तत्कालीन समयमा सत्तारुढ दल नेकपा (एमाले) सँगको एकता’पूर्वको अवस्थामा प्रदेश संसदीय दलका पदाधिकारीलाई पुनः चयन गरिएको जम्म’कट्टेलले बताउँनु भयो ।

माओ’वादी केन्द्रको प्रदेश संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल, उपनेतामा कुमारी मोक्तान, प्रमुख सचेत’कमा बुद्धिमान माझी, सचेतकमा प्रतिमा श्रेष्ठ चय’न भएका छन् । जम्मकट्टेले तत्काल प्रदेशसभा बैठक बोलाउन समेत माग गरेको जान’कारी दिनुभयो । न्युज24 बाट

प्रतिकृया दिनुहोस्