संसद् बैठकअघि नै सरकारलाई दिएको स’मर्थन फिर्ता लिँदै माओवादी

नेकपा माओवादी केन्द्रले आगा’मी संसद् बैठकअगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीको सर’कारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। प्रतिनिधि सभाको बैठक चैत १८ गते बस्दैछ। प्रधानमन्त्री केपी ओली छिट्टै संसदको चालु अधिवेशन अन्त्य गर्ने त’यारीमा छन्।

त्यसैले माओवादी केन्द्रका अध्यक्ष पुष्प’कमल दाहाल प्रचण्ड बैठकअघि नै समर्थन फिर्ता लिने योजनामा रहेको सोमबार उनलाई भेटेका एक नेताले जान’कारी दिए। ‘उहाँले अब बस्ने संसद बैठकअगाडि नै सरकारलाई दिएको समर्थन फिर्ता लिन्छु भन्नुभयो,’ खुमलटार नि’वासमा प्रचण्डसँग भेटेका ती नेताले नेपालख’बरसँग भने, ‘समर्थन फिर्ता लिएपछि राजनीति नयाँ कोर्समा जान्छ भन्ने उहाँको बु’झाइ छ।’

माओवादी केन्द्र’ले समर्थन फिर्ता लिएको अवस्थामा ओलीले विश्वासको मत लिन राष्ट्रपतिबाट समय पाउँछन्। त्यसपछि वैकल्पिक सरकार गठन गर्ने बाटो पनि खुल्ने उनको बुझाइ छ। ओली सर’कारलाई समर्थन दिइरहँदा तल्लो तहमा गएर काम गर्न गाह्रो भएको कार्यकर्ताको भनाइ छ। अर्कोतिर, कांग्रेस र जसपा नयाँ सरकार बनाउन तयार छैनन्। यसले पनि समर्थन फिर्ता लिन प्रचण्डमाथि द’बाब बढेको छ।

सर्वाेच्च अदा’लतले २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई फागुन २३ गते खारेज गरि’दिएको थियो। पूर्ववत् अवस्थामा पुगेको माओवादी केन्द्रले सबै तहको सांगठनिक संरचना निर्माण थाले पनि ओली सरकारलाई दिएको समर्थ’न भने कायमै राखेको छ।

ओली सरका’रलाई दिएको समर्थन पनि कायम राख्ने र अविश्वासको प्रस्ताव पनि ल्याउन खोज्ने माओवादीको दोहोरो चरित्र भएको कांग्रेस र जसपाको आरोप छ। चैत १४ गते प्रचण्डले सरका’रलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता गर्ने बताएका थिए। संसदमा माओवादी केन्द्रका ५३ सांसद छन्। एमालेको १ सय २० सांसद छन्। संविधा’नको धारा ७६ (२) अनुसार प्रधान’मन्त्री ओलीले बहुमतको सरकारको नेतृत्व गरिरहेका छन्।

कांग्रेस, जसपा र नेपाल समू’हसँग वार्ता
ओली सरकार’लाई दिएको समर्थन फिर्ता लिनुअघि अध्यक्ष प्रचण्डले कांग्रेस, जसपा र एमाले (नेपाल पक्ष)सँग निरन्तर छलफल गरेका छन्। वैकल्पिक सरकार बन्ने निश्चित भए’पछि समर्थन फिर्ता लिने योजनामा प्रचण्ड थिए। तर, अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस तयार नभएपछि प्रचण्डले पहिला समर्थन फिर्ता लिएर कां’ग्रेसको मुड हेर्न खोजेका छन्।

‘वैकल्पिक सर’कार बनाउन निर्णायक कांग्रेस र जसपा हो, उनीहरुले अहिलेसम्म ओली सरकारमा माओवादीको सम’र्थन रहेकाले निर्णय नगरेको भनेका छन्, उनीहरुको मुभ हेर्ने अध्यक्षको योजना छ,’ स्थायी समिति सदस्य हरिबोल गजु’रेलले भने।

उनका अनुसार कांग्रेस र जसपाका नेताह’रुसँग कुराकानी भइरहेको छ। ‘कतिपय नेताहरुसँग दोस्रो तहका नेताहरुले र कतिपयसँग अध्यक्ष आफैँले फोन गर्नुभए_को छ,’ गजुरेलले भने। प्रचण्डले सोमबार बिहानै जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र महेन्द्रराय यादव लगायतका नेताहरुलाई टेलि’फोन गरेका थिए।

प्रचण्डले होलीको अव’सरमा शुभकामना दिन फोन गरेको उनको सचिवालयले दाबी गरेको छ। ठाकुर र महतो प्रधानमन्त्री ओलीतिर नजिकि’एका छन्। माओवादी केन्द्रले समर्थन फिर्ता लिए जसपालाई सरकारमा लगेर बहुमत समर्थन कायम राख्ने ओलीको योजना छ। तर, जसपामा अध्यक्ष उपेन्द्र यादव र संघीय प’रिषद् अध्यक्ष डा. बाबुराम भट्टराई ओलीसँग मिल्न नहुने अडानमा छन्। एउटै पार्टीमा दुई धार भएपछि जसपा विभा’जन हुन नदिन यादव र भट्टराईले दौडधुप गरेका छन्।

को’टेश्वरमा चार नेताको भेट
सोमबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माधव नेपाल र भीम रावलसँग कोटेश्वरमा भेट गरे। एक नेताका अनुसार व्यवसायी टपेन्द्र तिम्सि’नाको घरमा चार नेताबीच लामै छलफल भएको थियो। त्यसको केहीबेरपछि एमाले अध्यक्ष ओलीले नेपाल र रावललाई ६ महिनाका लागि निल’म्बन गरेका छन्।

ज’सपा शीर्ष बैठक भोलि
पछिल्लो राजनीतिक घट’नाक्रमबारे छलफल गर्न जसपाको शीर्ष नेताहरुको बैठक मंगलबार बस्न लागेको छ। एक नेताका अनुसार शीर्ष नेताको बैठकमा पछिल्लो राज’नीतिक अवस्था, जसपाले ओली सरकारसमक्ष अघि सारेको माग र सम्बोधनको लागि भएको पहल लगायतका विषयमा नेताहरुलाई ब्रि’फिङ गर्ने तयारी छ।

‘भोलिको बैठकमा वैकल्पिक सरका’रबारे एउटा निर्णय गर्ने सम्भावना थियो,’ कार्यकारिणी सदस्यले नेपालखबरसँग भने ‘तर, सरकारले थारु कल्याणकारिणी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समितिसँग वार्ता गर्न गृहमन्त्रीको संयोजक’त्वमा वार्ता समिति गठन गरेपछि फेरि घटनाक्रम मोडिने भन्ने भयो।’

मन्त्रिपरिषदको बैठकले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्ला’हकार राजन भट्टराई र पूर्वसभासद् भगवती चौधरी सदस्य रहेको तीन सदस्यीय वार्ता समिति बनाएको छ। ओलीले जसपाका नेताहरुलाई आफ्नो पक्षमा पार्न सो समिति बनाएको उनी’हरुको बुझाइ छ।-सागर न्यौपाने/नेपाल खबर

प्रतिकृया दिनुहोस्