स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छि’मेकी मुलुक भारमा देखिएको कोरोना भाइरस (कोभिड-१९)को दोस्रो लहर नेपाल भित्रिए शैक्षिक संस्था कोरो’नाको ‘हटस्पट’ बन्ने संभावना रहेको भन्दै स’मयमै सचेत रहन आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबा’रको पत्रकार व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना जोखिमबाट बच्न अनिवार्य स्वास्थ्य माप’दण्ड पालना गर्न अनुरोध गरेका हुन्।
केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या विस्तारै उकालो लागेको भन्दै डा.गौतमले स्वास्थ्य माप’दण्डमा कडाइ नगरे कोरोना जोखिम भयावह हुने संभावना रहेको बताए। डा. .गौतमका अनुसार अहिले कोरोना संक्र’मित भइ टेकु अस्पतालमा भर्ना हुनेमा अधिकांश कलेजमा पठाउने शिक्षकहरु,होटलमा काम गर्ने कर्मचारीहरु र तराईबाट प्रेस’रण गरि पठाइएका बिरामीहरु छन्।
धेरै शैक्षिक सं’स्थामा अनिवार्य मास्क लगाउने, हात धुने र सामाजिक दूरी कायम गर्ने नियम बनाए पनि त्यसको कार्या’न्वयन पक्ष फितलो हुँदा समस्या’हरु बल्झिदै गएको उनको भनाइ छ।मन्त्रालयका प्रवक्ता समेत रहेका डा.गौतमले कतिय शैक्षिक संस्थामा हात धुन साबुन र पानीको व्यवस्था नभएको गुनासा आउने गरेको भन्दै त्यसको स’मयमै व्यवस्थापन गर्न सम्बन्धित निका’यलाई अनुरोध गरे।
उनले भने, ‘स्वस्थ्य छात्राछात्र,शिक्ष’कबिना शैक्षिक संस्था संचालन गरी शैक्षिक क्रिया’कलाप गर्न असंभव भएकाले सबै शैक्षिक संस्थामा हात धुनका लागि उचित व्यवस्थापन गर्न, अनिवार्य मास्कको प्रयोग गर्न र दूरी कायम गर्न शैक्षिक क्रियाकलाप गराइ शैक्षिक संस्था’हरुले कोरोना जोखिममुक्त क्षेत्र बनाउन स्वास्थ्य मन्त्रा’लयको आग्रह छ।’
पछिल्लो समय भारतमा फैलि’एको भारसको रोग सर्ने क्षमता बढी भएकाले भारतबाट नेपाल आउनेहरुको उचित व्यवस्थापन गर्न अति आव’श्यक रहेको उनले बताए। होली तथा विभिन्न स्थानीय चाडबाड मनाउन र भारतमा कोरोना संक्रमण ब’ढेसँगै विभिन्न नाका हुँदै सयौंको संख्यामा सीमा पारीबाट आउने दर बढेसँगै कोरोना जोखिम दर पनि बढेको भन्दै डा. गौतमले सीमा’नाकामा स्वास्थ्य सुरक्षा अपनाउन समेत अनुरोध गरे।
यस्तै पछिल्लो २४ घन्टा’मा थप ८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। २१ सय १ स्वाब परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रा’लयका प्रवक्ता डा.जागेश्वर गौतमले जान’कारी दिएका छन्। यस्तै पछिल्लो २४ घन्टामा ९५ जना डिस्चार्ज भएका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ७६ लाख ८३९ पुगेको छ। निको हुनेको संख्या ९८.४ प्रतिशत हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ। हालसम्म क्वारेन्टाइमा ५७ जना रहेका छन् भने १२ सय ८२ जना आइसोलेस’नमा छन्। मन्त्रालयका अनुसार आइतबार ४१ जना आइसीयूमा भर्ना गरिएकामध्ये १ जनालाई भेन्टिलेटरमा उ’पचारत छन्।
मन्त्रा’लयका अनुसार आज काठमाडौंमा ५२, भक्तपुरमा ६ र ललितपुरमा ७ जना गरी ६५ कोरोना संक्रमित थपि’एका छन्। पछिल्लो समय नेपाल कोरोना संक्र’मितको संख्या बढ्दै गएको छ। कोरोनाको दोस्रो लहर छिमेकी मुलुक भारतमा देखिएपछि नेपालका छिमेकी सी’मावर्ती जिल्लामा सतर्कता अपनाउन थालिएको छ। भीडभाडजन्य गतिविधि नगर्न र स्वास्थ्य मापदण्ड कायम गर्न सरकारले अनु’रोध गरेको छ।
कतिपय ठाउँ’मा भारतबाट आउनेमा संक्रमण पुष्टि भएपछि उनीहरुलाई घरमै आइसोलेसनमा बस्ने व्यव’स्था गरिएको छ। भारतमा नयाँ भेरिएन्ट’सहित नयाँ लहर देखापर्नुर नेपालमा पनि संक्रमण पुष्टि हुनेको संख्या बढ्दै जानुले नयाँ लहरको सं’भावना उच्च रहेको सर’कारको भनाइ छ। – अननपूर्णपोस्ट् बाट