पूर्वयुवराज पारसलाई नागरिक अ’भिनन्दन गरिँदै

आगामी १८ चैतमा स’प्तरीमा धार्मिक भ्रमणमा आउने तय भएको पूर्वयुवराज पारसको नागरिक अभिनन्द’न गरिने भएको छ । राम हनुमान आराधना मण्डल तथा २०४७ को संविधान पुनस्र्थापना हाम्रो अभियान नामक संग’ठनले संयुक्त रुपमा नागरिक अभिनन्दन गर्ने भएका हुन् ।

यसका लागि डा. देव’नारायणको संयोजकत्वमा ५ सय १ सदस्यीय मुल समारोह समितिसमेत गठन गरिएको शनिबार पत्रकार सम्मे’लनमार्फत जानकारी गराइएको छ । यो समाचार आजको रा’जधानी दैनिकमा छ ।

यो पनि पढ्नुहोस्: नेपाल पत्र’कार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाल लगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेद’वारी दर्ता गराएका छन्। संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्य’क्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महा’सचिवमा रोशन पुरीले उम्मेदवारी दर्ता गरेका छन्।

यस्तै, खुला सचिवमा गोविन्द चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी, जनजाति स’चिवमा नारायण किलम्बु, मधेशी सचि’वमा दिपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विकले उम्मेदवारी दर्ता गरेका छन्। कोषाध्यक्षमा कलेन्द्र सेजुवाल उम्मे’दवारी दर्ता गराउँदा लेखा समितिको संयोजकमा लेखनाथ न्यौपाने उम्मेदवारी दर्ता गराए । यस्तै, स्वतन्त्र रुपमा गजेन्द्र बुढाथोकीले अध्यक्ष पदमा उम्मे’दवारी दिएका छन्।

खुल्ला उपाध्य’क्षमा धुव्र लम्साल, समावेशी उपाध्यक्षमा शीतलप्रसाद महतो र कोषाध्यक्षमा प्रकाश थापाले पनि उम्मे’दवारी दिएका छन्। प्रगतिशील व्यावसायिक समूहको उम्मेदवारी नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशनमा प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी समूहका तर्फबाट वरिष्ठ पत्रकार निर्मला शर्माले अध्यक्षमा उम्मे’दवारी दिएकी छन्।

महास’ङ्घको इतिहासमा हालसम्म महिला अध्यक्ष भएका छैनन्। प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, जनपत्रकार संगठन नेपाल र मिडिया नेपालको समर्थनमा सञ्चा’रिका समूहका पूर्वअध्यक्ष रहेकी शर्माले उम्मेदवारी दिएकी छन्।

सो समूहबाट वरिष्ठ उपा’ध्यक्षमा माधव नेपाल, उपाध्यक्ष महिलामा दाना केसी, उपाध्यक्ष समावेशीमा अवदेशकुमार झा, महासचिवमा बालकृष्ण बस्नेत, सचिव खुल्लामा रामकृष्ण ज्ञवाली, सचिव महिलामा निमा काफ्ले, सचिव आदिवासी ज’नजातिमा शाहीमान राई, सचिव मधेसीमा श्वेता सिन्हा, सचिव दलितमा मधु शाही, सचिव एशोसियटमा रामेश्वर कार्की, कोषा’ध्यक्षमा कृष्ण गिरी र लेखा समिति संयोजकमा द्वारिका काफ्लेले उम्मे’वारी दिएका छन्। – न्युज24 बाट

प्रतिकृया दिनुहोस्