कांग्रेस प’रित्याग गरी गाउँ नै एमालेमा प्रवेश

केन्द्रमा नेकपा एमाले जुट वा फुटको अव’स्थामा रहेको बेला झापाको मेचीनगर नगर’पालिकामा भने नेपाली काग्रेस परित्याग गरि एउटा गाउँ नै नेकपा एमालेमा प्रवेश गरेका छन् । मेचिनगर–३ स्थित समायोजन टोलका ४० बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेस परि&त्याग गरि एमालेमा प्रवेश गरेका नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापा जिल्ला अध्यक्ष चिन्तन पा’ठकले बताए ।

नेपाली कांग्रेसका क्रियाशील सद’स्य समेत रहेका युवा नेता कुमार भट्टराईको नेतृत्वमा शनिबार एक कार्यक्रमका बिच उनिहरू कांग्रेस परित्याग गरि एमा’लेमा प्रवेश गरेका हुन् । भट्टराईको नेतृत्वमा गाउँकै पुराना कांग्रेसका कार्यकर्ता पुण्य गौतम, टेकेन्द्र कोईराला, कुमार कार्की, दुर्गा थपलिया, इन्द्र बुडाथोकील’गाएतका ४० बढीले आफ्नो पार्टी परित्याग गर्दै एमालेको औ’पचारिक कार्यक्रम मार्फत पार्टी प्रवेश गरेका हुन् ।

कांग्रेसले जन’भावना अनुरूप काम नगरेको तथा गाउँलाई सधैं विभेद गरेका कारण आफुहरू एमालेमा प्रवेश गरेको नवप्रवेशीले भट्टराईले बताए । भट्टराईका अनुसार अब गाउँ नै ए’मालेमय बनेको छ । नवप्रवेशीलाई नेकपा एमा’लेका केन्द्रीय सदस्य तथा मेचीनगर उपप्रमुख मीना उप्रेती, एमाले प्रदेश सदस्य तथा प्रदेश सभा सदस्यद्वय गोपाल बुढाथोकी र श्रीप्रसाद मैनाली, एमाले प्रदेश सदस्य निल’कण्ठ तिवारी, एमाले जिल्ला सदस्य डिल्लीरा घिमिरे, देवकुमार राई, युवासंघ नेपाल केन्द्रीय सदस्य दिपक बराल, एमाले मेचीनगर ४ का अध्यक्ष प्रविण भण्डारीलगायतले अविर र खदा पहि’र्याएर स्वागत गरेका थिए ।

यो पनि पढ्नुहोस्: म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा ‘तो’रन ल्ह’ (फागु पूर्णिमा) पर्वको रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा करिब १० हजार जनाको सङ्ख्यामा ब’सोबास गर्ने थकाली समुदायले फागु पूर्णिमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म परम्प’रागत तोरन ल्ह पर्व मनाउने गर्दछन् ।

तोरन ल्ह मनाउन घर बाहिर र विदे’शमा रहेका थकालीहरु आफ्नो जन्मथलो फर्किएका छन् । तोरन ल्हमा थकाली समुदायले घर सिँगारपटार गरेका छन् । फागु पूर्णिमा’को अघिल्लो दिन शुरु हुने तोरन ल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका उपाध्यक्ष कृष्णकुमार शेरचनले बता’उनुभयो ।

‘तीन दिन सबैरे उठेर चोखो निष्ठ भएर पितृलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्र’साद चढाउनुपर्छ’, शेरचनले भन्नुभयो, ‘आफन्तलाई बोलाएर मिठामिठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ ।’ मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थ’काली समुदायको उद्गमस्थल मानिन्छ । घर’पझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहुल्य छ । म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङलगायत बजार क्षेत्रमा थकाली समुदायको बसो’बास छ । परम्परागत तारो हान्ने खेलको संरक्षणका लागि थकाली सेवा समिति दरवाङ क्षेत्रले रातोढुङ्गा र दाना क्षेत्रको आयो’जनामा तिप्ल्याङ तारो खेल (आर्चरी) शुरु गरेको छ ।

तारो खेल (धनुषवाण)लाई थकाली समु’दायले आफ्नो जातीय पहिचानसँग जोडेका छन् । धार्मिकग्रन्थहरूमा विभिन्न युद्धमा धनुषवाणको प्रयोग भएको भेटि’एकाले यसको विकास मानव समाजको उत्पत्तिकालदेखि नै भएको अनुमान गरिन्छ । कुनै समय युद्धको महत्वपूर्ण हतियार, जङ्गली जनावरको शिकार गर्ने माध्यम धनुष’वाणले अहिले खेलकूदको एउटा वि’धाका रूपमा मान्यता पाएको छ ।

आर्चरी खेलमा प्रयोग हुने नियम र त्यसका शब्दहरु अल्पसङ्ख्यक थकाली समु’दायको भाषासँग मिल्ने हुनाले यसलाई थकाली समुदायले आफ्नो जातीय पहिचान मानेको थकाली सेवा समिति दरवाङ क्षेत्रका अध्यक्ष विनोद भट्टचनले बताउ’नुभयो । एउटा समूहमा छ जनासम्म खेलाडी सहभागी भएर खेल्ने आर्चरीमा तिखो वाण र विशेष गरेर बाँसको धनुष प्रयोग हुन्छ । पछिल्लो समय अन्य धातु’का समेत धनुष बनाउने गरिएको छ ।

एक सयदेखि डेढ सय मि’टरको दूरीमा दुईतर्फ काठका फल्याक राखेर एकबाट अर्को ठाउँतर्फ वाण प्रहार गर्ने र वाण फल्याकभित्र कोपिएको आधारमा खेलको मूल्याङकन हुन्छ । फल्याकभित्र सानो गोलो आकारको घेराभित्र वाण को’पिएमा खोल पसेको भनिन्छ । खोल आर्चरी खे’लमा महत्वपूर्ण उपलब्धि हो । – न्यूज24 बाट

प्रतिकृया दिनुहोस्