नेपालगञ्जबाट पूर्वतिर झण्डै एक घण्टा गाडीको या’त्रापछि पुगिन्छ राप्तीसोनारी गाउँपालिकाको बि’नौना गाउँ । वरपर गहुँबारी, त्यही बारीको बीचमा छ पुरोहित ताराप्रसाद शर्माको घर । इँटाको गारो र टायलले छाएको चिटि’क्कको घर । आँगनमा भैँसी र बाख्रा । आँगनमा डोरीले बनाइएको खटियामा बसिरहेको अवस्थामा भे’टिनुभयो, पुरोहित ताराप्रसाद ।
शिरमा ढाका टोपी, निधा’रमा रातो ठाडो टीका, गहुँगोरो वर्ण । उमेरले ६७ वर्ष पुग्नुभएका पुरोहित ताराप्रसादको दैनिकी पूजा’पाठ र कर्मकाण्डका काम गर्दै बित्छ । गाउँमा विवाह, ब्रतबन्ध र अरू काजकर्म हुँदा सबैले उहाँ’लाई सम्झन्छन् ।
विवाह गर्ने केटा’केटीका चिना हेरिदिने, लगन जुराइदिने र विवाह गराइदिने कामसमेत उहाँकै हो । विवाह गराउने बेला उहाँले केटाके’टीको उमेर बुझ्नुहुन्छ । उमेर ढाँटेको जस्तो शङ्का भएमा नागरिकता र जन्म’दर्ता माग्नुहुन्छ ।
‘जन्मदर्ता, ना’गरिकता नभए म वैवाहिक कार्य गर्दिनँ’, ताराप्रसादले भन्नुभयो । बालविवाहले केटाकेटीको भविष्य नै बि’ग्रने गरेको थाहा पाएपछि उहाँले नागरिकता र उमेर खोज्न थाल्नुभएको हो । यो समाचार इन्द्रसरा ख’ड्काले उज्यालो अनलाईन’का लागि लेखेकी हुन् । हामीले साभार गरेका हौं । – इताजा खबरबाट