त्रिभुवन विश्वविद्यलयद्वारा विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन अनुरोध

त्रिभुवन विश्ववि’द्यालय (त्रिवि)ले आफ्ना विद्यार्थीलाई पठन’पाठनका लागि स’हभागी हुन आग्रह गरेको छ ।

त्रिविका शि’क्षाध्यक्ष प्रा डा शिवलाल भुसालले कोरोना भाइरस (कोभिड–१९) का कारणले कक्षा कोठामा गई पठनपाठन गर्न सम्भव नहुँदा भर्चुअल माध्यम’बाट पढाइ भइरहेकाले विद्यार्थीले आ–आफ्नो अध्ययनरत विभाग/स्कूल/क्याम्पसमा सम्पर्क राखी पठनपाठ’नमा सहभागी हुन आग्रह गरेका हुन् ।

उनले आफ्नो सम्पर्कमा त्रिवि’मा अध्ययनरत कुनै विद्यार्थी भएमा सम्पूर्ण अभिभावक, स्थानीय सरकारका प्रतिनिधि, स्थानीय प्रशासन, समाजसेवी, शि’क्षाविद् तथा अन्य सबै सरोकारवालालाई समेत पठन’पाठनमा विद्यार्थी सहभागी गराउन अनुरोध गरेका छन् ।

“त्रिविले कोभिड–१९ को सङ्क्रमण नियन्त्र’णमा लिने स्थिति नरहेको परिप्रेक्ष्य’लाई आँकलन गरी गत चैत्रको तेस्रो सातादेखि नै पठनपाठनको वैकल्पिक विधिबाट कक्षाहरू सञ्चालन गर्न आफ्ना सबै शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थी’हरूको इमेलको ठेगाना बनाई अनलाइन विधिबाट पठन’पाठन सञ्चालन गरिरहेको छ,” उनले भने ।

“तर हाल’सम्म पनि कतिपय विद्यार्थीहरू आफू अध्ययनरत विभाग तथा क्याम्पसको सम्पर्कमा नआएको जानकारी प्राप्त हुन आएको हुँदा पठ’नपाठन तथा स्थगन गरिएको परीक्षा व्यवस्थापन गर्न समस्या भएको छ । त्यसैले चाँडोभन्दा चाँडो विद्यार्थीलाई पठन’पाठनमा सहभागी हुन अनुरोध गरिएको हो,” उनले अगाडि भने ।

त्रिविका सम्पूर्ण विभाग, स्कूल, क्याम्पस प्रशासन, डीन कार्यालय समेतलाई विद्यार्थीलाई सम्पर्कमा ल्याउने कार्यमा तदारुकता साथ लागि पर्न र विद्या’र्थीलाई सम्पर्कका लागि सहज वाताव’रण मिलाउन समेत अनुरोध गरिएको छ ।

त्रिविले विश्वव्यापी महा’मारीको रुपमा फैलिएको कोभिड–१९ नेपालमा पनि प्रवेश गरेसँगै यसले जनस्वास्थ्यमा पार्ने असरलाई मध्य’नजर राखी गत चैत्र ६ गतेदेखि त्रिविमा सञ्चा’लन भइरहेका सम्पूर्ण पठनपाठन तथा परीक्षाहरू स्थगन गरिएको छ ।
खबरहब बाट साभार

प्रतिकृया दिनुहोस्