सामाजिक संजालका कार’ण अहिले युवा पुस्ता वि’ग्रन थालेका छन् । वुटवलको कालिकानगरमा बस्ने मिना श्रेष्ठ अहिले आफ्ना छोरा जनक श्रेष्ठलाई विद्यालयमा ल्याएको रिज’ल्ट हेरेर गाली गरिन् । उनका ९ कक्षामा पढ्ने १६ वर्षका छोराको रिजल्ट आयो । रिजल्टमा दुई विषय लाग्यो त्यती बेला आमा केही बोलिनन् । तर दोस्रो पटक पनि ३ विषय लाग्यो, उनले छोरालाई सम्झा’इन् ।
श्रीमान कतारमा थिए । कतारमा रहेका श्रीमानलाई पनि छोरालाई विषय लागेको बारेमा जान’कारी दिइन् । हामीले खाइ नखाई, दुख गरेर तिमीलाई पढाएका छौं, तर तिमीले पढाइमा ध्यान दिएनौं भनेर स’म्झाएँ, उसको मोवाइल पनि खोसेर राखिदिएँ, आमा भन्छिन्, म बाहिर निस्कन्छु बहिनीलाई खाना पकाएर खान देउ भन्दै हिँडे । तर घरवाट फर्क’दा छोरालाई घरमा देखिन ।
उनले आफु साँझ घर फर्क’दा छोराको कितावहरु छरिएको देखिन्, छोराले लगाउने लुगा पनि थिएनन्, विद्यालयमा बुझा’उन भन्दै दिएको जन्मदर्ताको कागज पनि कोठामै छोडेका थिए । उनै छोराछोरीको भविष्यका लागि भन्दै श्रीमान विदेशमा गएका छन् । आमाले पनि धेरै कुरामा आफ्नो मन बुझा’एकी छन् । मोवाइलमा पब्जी धेरै खेलेर छोराले पढाइ वि’गार्यो भनेर मोवाइल खोसिदिइन् ।
त्यही रि’सले उनका छोरा घर छोडेर हिँडेको आमाको भनाई छ । छोराको बारेमा भन्दा पनि आमाको मन निकै भक्का’निएको छ । आफ्नो कुरा सुनाउँदा उनको बोली गलामा अ’डिएको छ । जन्मदिएको छोरालाई त्यती सम्झाउने मेरो अधिकार छैन र ? उनले भनिन्, नाति ह’राएको भएर वृद्ध भएका हजुरबुवा हजुरआमा पनि चि’न्ता लागेर विरामी हुनुभएको छ , उनले भनिन्, विदेशमा भएका श्रीमान पनि दिनहुँ रुनु’हुन्छ । – इताजाखबरबाट