नेपाल सरकारले घरमा छोरी हुने परिवारलाई नि:शुल्क दिने भयो यस्तो सुविधा !

प्रदेश सर’कारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालित छोरी शिक्षा बीमा कार्यक्रममा २ माघ २०७६ यता बीमा गरा’एका छोरीको घरमा इन्टरनेट जडान गर्न लागिएको अभियानकी संयोजक प्रियङ्का यादवले जा’नकारी दिइन्‌।

गत माघ २ गतेखि प्रदेश नं २ का १३६ वटै पा’लिकामा छोरी शिक्षा बीमाको शिविर सञ्चा’लन गरिएको थियो। संयोजक यादवले अहिले छोरी बीमा गराएका घरमा इन्टरनेट ज’डान गर्न मोबाइल नम्बर सङ्कलन गर्ने काम भइरहेको बताइन्‌।

उनका अनु’सार महोत्तरीको लोहारपट्टि नगरपालिकाको छोरी शिक्षा बीमासम्बन्धी सम्पूर्ण कागजात तयार रहेका’ले यस नगरपालिकाबाट छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी भइरहेको छ। प्रदेशका सबै १३६ पालिका’ले छोरी बीमाको कागजात तयार गरेर मुख्यमन्त्री का’र्यालयमा बुझाएपछि ती सबै पालिकाका छोरीको घरमा पालैपालै इन्टरनेट जडान गरिने कार्या’लयले जनाएको छ।

सुविसु इन्टरनेट कम्प’नीले बीमा भएका ती छोरीको घरमा इन्टरनेट सेवा जडान गर्ने मुख्यमन्त्री कार्यालयले ज’नाएको छ। महिला हिंसा न्यूनीकरण तथा छोरीको राम्रो शिक्षादीक्षाका लागि सञ्चालन गरिएको प्रदेश नं २ मा ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा कार्यक्रम सञ्चाल’नमा छ।

जसमा छोरी जन्मिने बि’त्तिकै प्रदेश सरकारले ३७ हजार तिरेर तीन लाख रुपैयाँको बीमा गरिदिने व्य’वस्था गरिएको छ। उक्त बीमाको रकम छोरीले २० वर्षपछि पाउनेछन्। शुरुमा २०७५ मा योजना एकजना छोरीलाई १३ हजार ६४६ रुपैयाँ १५ पैसा तिरेर एक लाख रुपै’याँको बीमा प्रदेश सर’कारले गर्ने गरेको थियो।

मुख्यमन्त्री कार्या’लयसँग माघयता २६ हजार ९५६ छोरीको बीमा गरिएको तथ्याङ्क छ भने प्रभु बैंकसँग २८ हजार ४५७ छोरीको बीमाको तथ्याङ्क रहेको मुख्यमन्त्री कार्या’लयले जनाएको छ। प्रदेश सरकारले छोरी शिक्षा बीमा गर्न दुई वर्ष अर्थात् असार २०७६ सम्मका लागि प्रभु बैंकसँग सम्झौ’ता गरेको थियो। जसमा २ माघ २०७६ देखि छोरीको बीमा गराउनेको घरमा निःशुल्क इन्टरनेट जडा’न गर्ने पनि सम्झौता गरिएको थियो। – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्