भूकम्पले क्षति पुर्याए’पछि नयाँ बन्न लागेको धरहरा टावरको निर्माण कार्य झण्डै ९५ प्रतिशत पूरा भएको छ । नयाँ डिजाइन अनु’सार २२ तले नयाँ धरहरा ठडिएको हो । ‘कंक्रिटङको काम भन्छ नि, ढलानको काम सिध्यियो, बा’हिरबाट हेर्दा अहिले पनि हरियो पर्दा र स्काफोल्डिङ छ’, पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ रा’जुमान मानन्धरले भने, ‘बाहिरबाट हेर्दा केही देखिँदैन तर, नयाँ धरहरा चढ्न भित्रबाट लिफ्ट राख्ने काम समेत भ’इसक्यो ।’
उनका अनुसार प्लस्ट’रका साथसाथै अहिले रङ लगाउने काम समेत सुरु भएको छ । ‘माथिको डोभ काम पनि स’किएको छ’, उनी भन्छन्’, टावरको मात्रै कुरा गर्ने हो भने झण्डै झण्डै ९५ प्रतिशत काम सकिएको छ तर, यहाँ ध’रहरा मात्रै त छैन, अरु धेरै संरचरण निर्मा’णकै चरणमा छन् ।’
धरहराको गजुर ब’नाएर राख्ने काम पनि भइरहेको छ । पहिलेको तामाको गजुरमै सेनको जलप लगा’एर राख्ने तयारी छ । झण्डै २८ फिटको हुने गजुरमा १२६ तोला सुनको जलप आवश्यक पर्ने प्राधि’करणको अनुमान मान’न्धरले सुनाए । उनका अनुसार पुरानो गजुर पिटेर झण्डै २० तोला निक्लिएको छ । तीन तले बेसमेन्ट (अण्डरग्राउण्ड पार्किङ)को ढलानको काम भइ’रहेको छ । ७०० वटा कार र ३४७ वटा मोटरसाइकल अट्ने यो तीन तले बेसमेन्ट बनेपछि यस क्षेत्रको सवारी पार्किङको समस्या’मा केही राहत पुग्ने देखिन्छ ।
सुन्धारामा पानीको जोहो गर्ने काम पनि भइरहेको छ । टुँडिखेलमा इनार खनेर सुन्धारामा पानी खसाल्ने योजना छ ।
प्राविधिक अध्यय’नपछि भइरहेको भन्दै मानन्धरले यसो हुन नसकेमा सुन्धारामा मेलम्चीको डेडीकेटेड लाइन जोडिने बताउँछन् । ठेक्का अवधि सकिन ३ महिना बाँकी :४२ रोपनी क्षेत्र’फलमा नयाँ बन्न लागेको धरहरा परिसरमा अन्य थुप्रै संरचनाहरु पनि निर्माणाधीन रहेकाले यो आयोजनाको हाल’सम्मको कूल प्रगति भने ५० प्रतिशत मात्रै छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत जिआईईटीसी रमण जेभीलाई धरहरा पुनर्नि’र्माणको ठेक्का दिएको थियो ।
प्राधिकरणले दि’एको दोस्रो पटकको समयसीमा सकिन पनि अब जम्मा ३ महिना बाँकी छ । ०७८ असार ३० सम्ममा बाँकी ५० प्रतिशत काम सक्न ठेकेदार कम्पनीलाई हम्मेहम्मे पर्ने प्राधिकर’णका सम्पदा विज्ञ मानन्धर बताउँछन् । ठेकेदार कम्पनीले फेरि १८ महिना म्याद थपका लागि आग्रह गरेकोप्रति मानन्धरले अब सकिन लागेको ३ महिनापछि पुनः म्याद थपको अधिकार प्राधि’करणलाई नहुने बताउँछन् । ‘पटक पटक गरेर हामीले दुई वर्ष थपिसक्यौं, अब असारपछि यसबारे नेपाल सरकारले नै नि’र्णय गर्नुपर्छ’, उनले भने ।
धेरैको ध्यान खिचेको र सर’कारले समेत प्राथमिकतामा राखेको आयोजनाको निर्माणमा ठेकेदार कम्पनीले तीव्रता नदेखाएको उनको दाबी छ । ‘यत्रो ठूलो क्षेत्रफल छ काम गर्नका लागि तर, यहाँ हामीले त्यति का’मदार नै देख्दैनौं’, उनले भने, ‘७००–८०० कामदार राखेर, निर्माण सामग्रीको अभाव हुन नदिइ काम गरा’इयो भने छिटै सकिन्छ नत्र झन ढिलाई हुने देख्छु म ।’
आयोजना निर्मा’णमा ढिलासुस्ती गरेकाले ठेकेदार कम्पनीलाई जरिवाना समेत हुनसक्छ । मानन्धर जरि’वाना गराएर भएपनि काम भने यही कम्पनीबाट गराउने बताउँछन् । त्यस्तो जरिवाना २१–२२ करोड रुपैयाँसम्म हुने उनको भनाइ छ ।साविकको गोश्वारा हुलाक, नेपाल राष्ट्र बैंकको टक्सार भवन भत्का’एर र नागरिक लगानी कोषको काठमाडौं मलको केही हिस्सा समेत ओगटेर नयाँ धरहरा बनिरहेको हो । धरहरा पुनर्निर्माणका लागि ३ सय ५ करोड लागत लाग्ने अनुमान गरिएको छ । तर, ढिलासुस्ती अन्य कारणले ला’गत बढ्न सक्ने मानन्धरले बताए ।
नयाँ धरहरा भूकम्पले भत्का’एको पुरानोबाट १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा बनिरहेको हो । गजुरसहित नयाँ धरहराको उचाई झण्डै ७७ मिटरको हुनेछ । पुरा’नोसँग धरहराको उचाई र यो नयाँको उचाई बराबर हुनेछ तर, नयाँ धरहरा कूल २२ तलाको हुनेछ ।मोटाइ भने पहिलेको भन्दा केही बढी हुनेछ । भूकम्पबाट बचेको भाग’लाई ‘भुइँचालो स्मारक’ का रूपमा सिसाको फ्रेम (टेम्पर्ड ग्लास) ले छोपेर राख्ने योजना छ । नयाँ धरहरा हेर्न आउनेले पुरानो धरहराको खण्डहर पनि हेर्न पाउन भन्ने उद्देश्यले उक्त खण्ड’हरलाई संरक्षण गरेर राख्ने पुनर्निर्माण प्राधिकरणको विस्तृत परियो’जनामा उल्लेख छ ।
धरहरा निर्मा’णसँगै यसको छेउ अर्थात् पहिले गोश्वारा हुलाक कार्यालय रहेको ठाउँमा अत्याधुनिक ३ तले सवारी पार्किङ स्थल निर्मा’णको काम समेत धमाधम भइरहेको र त्यहीं प्रवेद्वार बन्ने धरहरा पुनर्निर्माण विज्ञ समितिका सदस्य मान’न्धरले बताए । धरहरा निर्माणका लागि अघिल्लोपटक प्रधानमन्त्री भएका बेला केपी शर्मा ओलीले २०७२ सालमा नेपालीको लगा’नीबाटै धरहरा बनाउन ‘मेरो धरहरा म बनाउँछु’ अभि’यान सुरु गरेका थिए । – ओएस नेपालबाट