भारतमा तिब्र रुपमा फैलि’एको कोरोना नेपाल भित्रने खतरा औल्या’उँदै फेरी लकडाउन तर्फ मुलुक जाने हो की भन्ने आशंका ब’ढिरहेको छ । लामो लकडाउन पछि भर्खर सुरु भएको सामान्य जनजिवन कोरोनाले फेरी प्रभा’व पार्ने देखिएको छ ।
फेरी लकडाउन हुन्छ की भन्ने आ’शंका प्रति अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रष्ट पारेका छन् । उनले अब कोरोनाका का’रण लकडाउन नहुने बताएका छन् । तर कोरोना भित्रन नदिन र महामारीवाट जोगाउन कडा मापदण्ड भने पा’लना गर्नुपर्ने हुन्छ । उनले स्वास्थ्य मापदण्डलाई पालना गर्ने गराउनेतर्फ भने सरकारले क’डाइ गर्ने बताएका छन् ।
कोभिड(१९ को दोस्रो लहरबाट जो’गिनुपर्ने अवस्थासँगै आर्थिक सामाजिक क्रियाकलापलाई निय’मित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइ गर्ने तर लकडाउन र सीमानाका बन्द नगर्ने अर्थमन्त्री पौडेलको भनाइ छ । अर्थमन्त्री पौडेलले कोभिड रोकथा’मका लागि सिमानाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच न’भएको बताएका हुन्।
उनले भने, ‘हामी आशंकाबाट होइन यथा’र्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ। सरका’रको सोच के हो भने कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ त्यसबाट हामी जोगिनु पर्ने छ। अर्कोतर्फ आर्थिक सामाजिक क्रियाकलापलाई नि’यमित र सूचारु पनि गर्नुपर्ने आवश्यकता छ। त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सू’चारु पनि गर्छौं, नियमित पनि गर्छौं र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौं। अहिले सरकारले सीमा’नाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन। त्यो अहिले उप’युक्त पनि हुँदैन।’- इताजा खबरबाट