प्रधानमन्त्री सह’भागी सार्वजनिक कार्यक्रममा मोबाइल फोनबाट फोटो–भिडियो न’खिच्न सूचना दिइएको छ । ललितपुरको जावला’खेलस्थित स्टाफ कलेजमा प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोष’णा गर्ने कार्यक्रममा कृषि मन्त्रालयका’ उपसचिव प्रदीप कुमार भट्टराईले कार्यक्रम शुरू हुनु पूर्व यस्तो जानकारी गराएका हुन् ।
प्रधानमन्त्रीका सुरक्षा’कर्मीले प्रोटोकल अनुसार मोवाइल फोनबाट फोटो खिच्न नमिल्ने जानकारी पा’एको उनले बताए । बिहान ११ बजेका लागि तय गरिएको का’र्यक्रम अझै सुरू भएको छैन ।
यो पनि पढ्नुहोस्: नेपाल एस’बिआई बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी बीच नेपाल एसबिआई बैंकका भिसा डेबिड कार्ड बाहक ग्राह’कलाई लक्षित गरी उक्त ग्रुपका १९ आउटलेटमा कार्ड प्रयोग बापत विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौ’ता भएको छ ।
उक्त सम्झौ’तापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मो. रिजवान आलम तथा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक प्रभाकर खड्काले हस्ता’क्षर गरे । उक्त कार्यक्रममा बैंकका सल्ला’हकार छपि राज पन्त तथा व्यवसाय प्रवर्द्धन शाखाका प्रविन मुनी बज्राचार्यको समेत उपस्थि’ति रहेको थियो ।
सरका’रले चालु आर्थिक वर्ष २०७७÷७८ को आठ महिनामा वार्षिक लक्ष्यको अधिकतम ५९.६९ प्रतिशत राजश्व असुली गर्न सफल भएको छ । अर्थ मन्त्रालयमा आयो’जित आर्थिक वर्ष २०७७/७८ को दोश्रो चौ’मासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रस्तुत गरिएको जान’कारी अनुसार २०७७ साल फागुन मसा’न्तसम्ममा कुल ६ खर्ब ३ अर्ब ९२ करोड रुपैयाँ राजश्व असुली भएको हो । जुन फागुनसम्मको लक्ष्यको तुलनामा ९७.८० प्रतिशत हो ।
२०७७ साल चैत्र ११ गतेस’म्म ६ खर्ब ४१ अर्ब राजश्व असुली भएको छ । आर्थिक वर्ष २०७७/७८ मा १० खर्ब ११ अर्ब रुपैयाँ राजश्व असुल्ने लक्ष्य राखिए’को थियो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ ले पारेको प्रभावका बीच पनि राजश्वको लक्ष्य पूरा हुनेमा दुविधा नरहेको बताएका छन् । मन्त्री पौडेलले पर्यटन’बाहेक धेरै क्षेत्र सामान्य अवस्थामा फ’र्किसकेको बताउँदै अझ लक्ष्यभन्दा बढी राजश्व असुल्ने गरी लाग्न सम्बन्धित निकायहरूलाई निर्देश’नसमेत दिए । – रातोपाटीबाट