कोभिड सङ्क्र’मणको जोखिम बढेपछि तनहुँमा सामूहिक रुपमा भेला भई होली नम’नाउन आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भीडभाड गरेर होली नम’नाउन आग्रह गरेको हो ।
फागुपूर्णिमाको अवसरमा सामूहिक रुपमा भेला भई भीड’भाड गरी होली मनाउँदा जो’खिम बढ्न सक्ने भएकाले सबैलाई उक्त अनुरोध गरिएको हो । कोरोना भाइरसको प्र’कोप छिमेकी मुलुक भारतमा थप क्रियाशील भई सङ्क्रमितको दर बढ्दै गएको र मृत्युदरमा वृद्धि भएको सन्दर्भमा खुला सिमानाका का:रण मानिसको आवतजावत बढिरहेकाले तनहुँ पनि जोखिम रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरा’लले बताउनुभयो ।
बैठकले रात्रिकालीन समयमा सञ्चालन हुने व्यवसायको सन्दर्भमा सङ्क्र’मणको अवस्थालाई विचार गरी राति १० बजेपछि बन्द गराउने निर्णय गरेको छ । बैठकले जात्रा, मेला म’होत्सव, कन्सर्ट तथा भीडभाड हुने कार्य’क्रम गर्न पनि रोक लगाएको छ । सबै स्थानीय तहले भारतलगायत तेस्रो मुलुकबाट आउने व्यक्तिको लगत राखी नि’गरानी गर्ने गराउने नि’र्णय पनि बैकले गरेको छ ।
यो पनि पढ्नुहोस्: हेटौंडामा ‘लागू’औषध वि’रुद्ध प्रथम हेटौंडा सांगीतिक महोत्सव–२०७७’ हुने भएको छ । आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै चैत २४ गतेदेखि २०७८ बैशाख १ गतेसम्म हेटौंडाको लाम’सुरेडाँडामा लागू’औषध विरुद्ध सांगीतिक महोत्सवको आयोजनाको तयारी सुरु गरिएको महोत्सव समितिका संयोजक सीआन पुनःस्थापना केन्द्रका नि’र्देशक सौजन डीसीले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिका–९ को वडा कार्यालय र सीआन पुनःस्थापना केन्द्रको आयोजनामा ला’गूऔषध विरुद्ध सांगीतिक महोत्सवको आयोजना हुन लागेको निर्देशक डीसीले बताए । उनले हेटौंडामा लागू’औषध प्रयोग गर्नेको संख्या बढ्दै गएको र समस्या विकराल बन्दै गएको लागू औषधले समाजमा समस्या बढाउँदै गरेको आवस्थालाई मध्यनजर गर्दै लागूऔषध विरुद्ध समाजमा सचेतना फैल्या’उनको निम्ति महोत्सवको आयोजना गर्न लागिएको बताए ।
त्यस्तै, सीआनका सदस्य एवं महोत्सव व्यवस्थापन समितिका संयोजक अजित राईले महोत्सवमा खाजा, खाना, कृषि, व्यापारिक स्टलहरु गरी २ सय १० स्टलहरु रहने बताए । उनले स्थानीय र राष्ट्रिय कला’कारहरुको बेजोड प्रस्तुति रहने बताए ।
उनले हालसम्म सोम्झौ’ता भइसकेको राष्ट्रिय कलाकारहरुमा महोत्सवको २५ गते धिरज राई, २६ गते उदय सोताङ, मनिला सोताङ र छिरिङ भुँटियाले आउने कार्यक्रम तय भएको बताए ।
यसैगरी २७ गते कमल क्षेत्री, २८ गते सत्यराज आर्चाय र स्वरुपराज आर्चाय, २९ गते विद्या तिवारी, ३० गते कुलेन्द्र विक, ३१ गते रोज मोक्तान र अन्तिम दिन नयाँ वर्ष बैशाख १ गते यश कुमार आउने कार्यक्रम तय भ’इसकेको व्यवस्थापन समितिका संयो’जक राईले बताए ।
यसैगरि उनले महोत्सवमा स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने बताए । यसैगरि पत्रकार सम्मे’लनमा बोल्दै नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुँमागाईले वडा र सीआनले गर्न लागेको लागूऔषध विरुद्धको महोत्सव का’र्यकम्रले चेतनामा अभि’वृद्धि हुने विश्वास व्यक्त गरे । न्युज24 बाट