दमदम जेल देखि आमाको काखसम्म दुर्गाप्रसादलाई प’छ्याउँदा (भिडिओ सहित)

इलामका दुर्गाप्रसाद तिम्सिनाले अना’हकमा ४० वर्ष भारतीय जेलमा बस्नुपर्‍यो। ह’त्या आ’रोपमा दार्जिलिङबाट पक्रा’उ परेका उनी भारतीय प्रहरी र जेल प्रशासनको लापर’बाहीले यति लामो समय जेल बस्नु परेको हो। यो बीचमा दुर्गाप्रसादलाई राख्ने जे’ल फेरिए, जे’लर पनि फेरिए। तर ती कसैले सोचेनन्- यो मान्छे अहिलेसम्म किन यहाँ छ? अनि कहि’लेसम्म रहिरहन्छ?

उनीहरूका लागि दुर्गाप्रसाद सायद आफूजस्तै खुला आकाशमा रमाउन चा’हने मान्छे थिएनन् किनकी उनी पराई भूमिको जे’लमा थिए। न उनी राम्ररी बोल्न सक्थे, न परिवार उनको खो’जीनीति गर्न नेपाल सरकारलाई भन्न सक्थ्यो।

दुर्गाप्रसादको मु’द्दा हेरेका कलकत्ता उच्च अदालतका न्यायाधीशले दुर्गाप्रसादले भो’गेको यो घोर अन्यायलाई विश्वको ठूलो प्रजातान्त्रिक मुलुक भारतको आधुनिक न्याय प्रणालीको इति’हासमा एउटा विरल घट’ना भनेका छन्।

भारतीय प्रशासनले जति नै अ’न्याय गरे पनि दुर्गाप्रसादको भाग्यमा एक पटक फेरि आमाले प’काएको तातो भात खानु लेखेको रैछ। गत वर्ष उनको भेट कलकत्तास्थित दमदम सेन्ट्रल जेलमा राधेश्याम दास’सँग भयो।दासले दिएको सूचनाका आधारमा अभियन्ताहरूले उनकी आमा पत्ता लगाए र कलकत्ता उच्च अदालतमा मुद्दा ल’डे।

उनीहरूकै निर’न्तर लडाइँले गत शनिबार दिउँसो दुर्गाप्रसादले जे’लबाहिरको संसार देखे। जे’लबाट बाहिर निस्कँदा उनी बो’लेनन्। ४० वर्षसम्म आफूमाथि भएको अ’न्यायलाई व्यक्त गर्ने शब्द सायद उनलाई थाहै भएन!जेलबाट नि’स्किएपछि दुर्गाप्रसाद ४१ वर्षअघि छु’टेको आफ्नो मातृभूमिमा फ’र्किएका छन्। कलकत्ताको दमदम जेलदेखि लुम्बा’क घरसम्मको उनको यात्रा हेर्नुस् भिडिओमा:

प्रतिकृया दिनुहोस्