दुर्गाप्रसादले भने : जेलभन्दा घरको भात मीठो ! (भिडियो सहित)

भारतीय जे’लमा ४० वर्ष विता’एर फर्किएका दुर्गाप्रसाद तिम्सिना आइतबार बिहान इलामको माई नगरपालिका–१०, लुम्बाकस्थित घर–आँगनमा हँ’सिलो देखिन्थे । प्लास्टिकको कुर्सीमा ल’गलग काम्दै बसेका उनको मुहार आइतबारभन्दा उ’ज्यालो देखिएको थियो । अघिल्लो दिन बिहान कोलकाताको दम’दम केन्द्रीय कारा’गारबाट छुटेर काँकरभिट्टा छेउ आइपु’ग्न लाग्दासम्म उनी झस्कि’रहेका थिए । उनलाई लागेको हुँदो हो, ‘कतै मलाई फेरि अर्को जेलमा पो लगिं’दैछ कि !’

चार दशक बढी उनी भारतका विभिन्न जेल’मा घुमा’इए । त्यसैले उनलाई कारा’गारबाट छुट्दैछु भन्ने विश्वास नला’गेको हुनसक्छ । दमदम कारा’गारबाट छुट्ने वित्तिकै उनले भाइ प्रकाशचन्द्र तिम्सिनालाई सोधेका थिए, ‘मलाई दार्जीलिङको जेलमा लै’जान आँटेको हो ?’तिम्सिनाले ‘होइन, घर लैजाने हो’ भनेपछि उनी बोलेनन् । बरु केहीबेरमा गीत गाउन था’लेका थिए तर, शब्द स्पष्ट थिएन ।

लामो या’त्रापछि घर पुगेका उनी गाउँलेको भीड देखेपछि चाहिं अलम’लिएजस्तो देखिएका थिए । शायद, आइतबार साँझ आमा र भाइसँग खाना खाएर उठे’पछि चाहिं उनले पिंजडाबाट मुक्त भएको आभास गरिरहेका थिए । त्यसैले होला अघिल्लो दिनसम्म मौ’नता साधेका उनी सोमबार बिहान भने बोल्न पनि तम्सिए । मुस्कुराउँदै बोल्न खोजे पनि उनको आ’वाज चाहिं स्पष्ट थिएन ।

हामीले कुराकानीको शुरु’आत गर्‍यौं, जेलमा डायरी लेखेको विषयबाट ।‘जेलमा त डायरी लेख्नुहुन्थ्यो रे नि त !’ दुर्गाप्रसादले विस्तारै जवाफ फर्काए, ‘अँ… ।‘डायरीमा आमाबुबाको नाम लेख्नु’भएको रहेछ नि ?’, यो प्रश्न गर्दा उनी मुसुक्क हाँसे । त्यसपछि अनलाइनखबरकर्मीको साथमा भएको डा’यरी लिएर उनले फेरि ती शब्दहरू लेख्न थाले । शुरुआतमा आफ्नै नाम कोरे, त्यसपछि बुबा’आमाको नाम पनि लेखे । अन्य कुरा लेख्न भन्दा चाहिं झ’ञ्झट माने ।

हरेक प्रश्नको उनी छोटो जवा’फ दिन्थे, केहीवेर बोलिसक्दा गलेको जस्तो हुन्थे । आवाजबीचमै टुंगि’न्थ्यो । सोमबार बिहानै उनको घरमा पुग्दा भाइ धर्मानन्द तिम्सिनाले दुर्गाप्रसादको छेउमा दुई वटा कुर्सी राखि’दिएका थिए । धर्मानन्द पनि छेवैमा टुसु’क्क बसिरहेका थिए ।

सामान्य बोल्न थाल्ने वित्तिकै हामी उत्सा’हित भयौं । दुर्गाप्रसादलाई सोध्नुपर्ने प्रश्नहरू बग्रे’ल्ती थिए । भारतमा कसरी पक्रा’उ पर्नुभयो ? … को ह’त्या गर्नुभएको हो ? होइन भने कसले फ’सायो ? यत्तिका वर्षपछि घर आउन पाउँदा कस्तो लाग्यो ? लगायत प्रश्न मनमा थिए ।

बोल्दै गर्दा अप्ठ्या’रो मान्लान् कि भन्ने डर पनि थियो । त्यसैले उनलाई विस्तारै विस्तारै प्रश्न गरिर’हेका थियौं । त्यसक्रममा हामीले उनलाई जे’लमुक्त गराउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिबारे सोध्यौं ।‘त्यहाँ एकजना दास थरका व्यक्तिले तपाईंलाई लामो समयदेखि बसेको कुरा बाहिर भन्नु’भएको रहेछ नि ? नाम याद छ ?’

‘सुवास ।’
माओवादीको आरोपमा पक्रा’उ परेर कोलकाता कारा’गारमा १० वर्षअघि पुगेका वेला राधेश्याम दासले उनलाई देखेका थिए । गत जन’वरीमा पनि उनलाई त्यहीं देखेपछि सोधपुछ गर्दा दुर्गाप्रसाद चार दशकदेखि जेल बसेको उनले थाहा पाएछन् । त्यसपछि नै दुर्गाप्रसादको वि’षयमा चर्चा शुरू भएको हो ।

‘जेलबाट निस्कि’एपछि उनले दूतावासमा पनि खबर गरेछन् तर, चासो नदिएपछि वेस्ट बंगाल रेडियो क्लबका अध्यक्ष अम्बा’रिस नाग विश्वासलाई भनेछन्’ दुर्गाप्रसादका आफन्त धीरेन्द्र शर्माले सुनाए, ‘त्यसपछि क्लबकै पदाधिकारीको सक्रि’यतामा दाइबारे हामीलाई थाहा भएको हो ।’- अनलाइन खबरबाट

प्रतिकृया दिनुहोस्