‘कृषिप्रधान’ मुलुकमा ८ महिनामै पाैने ३ अर्बको प्याज आ’यात

भान्छामा अत्य’धिक उपभोग हुने प्याज साउनदेखि आठ महिनामा २ अर्ब ७९ करोड रुपैयाँको आ’यात भएको छ। त्यो भनेको ७१ हजार ३ सय ४० टन हो। यही अव’धिमा विदेशबाटै १ अर्ब १२ करोडको १० हजार ३ सय ११ टन लसुन भित्रिएको छ। आलु नै ६ अर्ब ४५ करोड रुपैयाँको २ लाख ५१ हजार ९ सय ३४ टन आ’यात भयो।

आयात–निर्यात व्या’पारबारे भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो ८ महिनाको तथ्यांक हो यो। अझै प्याज, लसुन र आलु’को बियाँ (बीउ) आयातको तथ्यांक यसमा समेटिए’को छैन। यी कृषिउपजबाट बनाइने विभिन्न प्र’कारका खाद्य पदार्थको तथ्यांक पनि यसमा छैन।

सामान्य कृषि उपज’समेत भारतसहित तेस्रो मुलुकबाट आयात हुँदा नेपाली भान्छा आयातमा निर्भर बन्दै गएको तथ्यां’कले देखाउँछ। कृषि विज्ञ डा. कृष्णप्रसाद पौडेल यसलाई डर’लाग्दो अवस्था मान्छन्। कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांकअनुसार स्वदेशमा आलु ३ हजार २ सय २५ टन, लसुन ७३ हजार ८ सय ५९ टन र प्याज १ लाख ४८ हजार मेट्रिक टन उत्पा’दन हुन्छ।

मुलु’कलाई यस्ता उत्पादनमा आत्मनिर्भर बनाएर वैदेशिक व्यापारघाटा न्यून गर्ने नीति सरकारले प्रभा’वकारी रूपमा कार्यान्वयन गर्न सकेको छैन। यसबाट नेपालीले आयातित वस्तुको भरमा भान्छा चलाउँदै आएका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समा’चार छ।

यो पनि पढ्नुहोस्: मित्रराष्ट्र जन’वादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशी समकक्षी मोहम्मद अब्दु’ल हमिदबीच गए राति दुईपक्षीय भेट’वार्ता भएको छ ।

भेटवार्तामा परराष्ट्र’मन्त्री प्रदीपकुमार ज्ञवाली, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल, बङ्गलादेशका लागि नेपा’ली राजदूत डा वंशीधर मिश्रलगायत दुवै देशका उच्चपदस्थ अधिकारी सह’भागी हुनुहुन्थ्यो ।

भेटवा’र्तापछि उहाँहरु राष्ट्रपति हमिदले सोही भवनमा आयोजना गर्नुभएको सांस्कृतिक कार्यक्रम र रात्रिभोजमा सहभा’गी हुनुभयो । बङ्गलादेशको राष्ट्र’पति निवास बङ्ग भवनमा सोमबार राति भएको भेटवार्तापछि उहाँहरुको उपस्थितिमा दुई देशबीच पर्यटन, संस्कृति, स्यानिटाइजेशन र ट्रान्जिटका विषयमा समझदारीपत्र आ’दान प्रदान भएको थियो ।

बङ्गलादेशका राष्ट्र’पिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बङ्गलादेशी राष्ट्रपति हमि’दको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका आइपुग्नु’भएको थियो ।

राष्ट्रपति भण्डा’रीले ढाकास्थित ‘नेशनल परेड स्क्वायर’मा आयोजित ‘नेपाल–बङ्गलादेश सम्बन्ध र बङ्गबन्धु’को जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नुभएको थियो । सो अघि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले पनि राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नुभएको थियो । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्