बाल्यकालका साथीसँग राजेन्द्र खड्गी : मेरै अगाडी १०–१५ वटा राँगा ढा’ल्थ्यो (हेर्नु’होस् भिडियो)

राजेन्द्र खड्गीको नाम लि’नासाथ हेटौँडामा रहँदा उनले एक मु’क्काले राँगा ढालेको प्रसंग उप्किहाल्छ । कतिपय यसलाई पत्याउँछ, कतिपय अझै पनि ‘हावा’ भन्दै उडाउँछन् ।

तर, खड्गीका बाल्यकालका साथी राजमान महर्जनलाई यो यथार्थ भएको दाबी गर्छन् । ‘उसको कामै राँगा ढाल्ने थियो । दिनमा १०–१५ वटा राँगा ढाल्थ्यो । म टुलुुटुलु हेर्थे,’ खड्गीसँगै बसेर अन्तरवार्ता दिने क्रममा महर्जनले प्रसंग निकालेका छन् ।

खड्गी कस्ता थिए त बाल्यकालमा ? बाँकी जान्नका लागि खड्गी र महर्जनलाई सँगै राखेर हाम्रो कला टिभीले तयार पारेको यो रमाइलो भिडियो कुराकानी हेर्नुस् :

यो पनि पढ्नुहोस्: बङ्गलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले ऊर्जा व्यापारका लागि नेपाल, बङ्गलादेश र भारतबीचको त्रिपक्षीय सहयोगलाई सुदृढ पार्नु आवश्यक भएको बताउनुभएको छ । बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्मशतवार्षिकीका अवसरमा ढाकास्थित ‘नेशनल परेड स्क्वायर’मा आयोजित ‘नेपाल–बङ्गलादेश सम्बन्ध र बङ्गबन्धुको जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विकासको आवश्यकता परिपूर्ति गर्न नेपालको जलविद्युत् र बङ्गलादेशको प्राकृतिक ग्यास महत्वपूर्ण साधन बन्ने सक्ने बताउनुभयो ।

दुवै देशले यसअघि नै ऊर्जा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेकाले व्यापार, पारवहन, ऊर्जा, सम्पर्क सञ्जाल, पर्यटन, शिक्षा, संस्कृति एवं जनस्तरको सम्बन्ध अभिवृद्धि गरी आपसी सहकार्य र सहयोगलाई विस्तार गर्न राष्ट्रपतिले आह्वान गर्नुभयो । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्