रंगशालामा ऋण लागेपछि निस्किए धुर्मुस, मजदुरले पैसा उठाएर बाटोखर्च दिँदा भा’वुक भएर रोए (भिडियो हेर्नुहोस)

चितवनमा निर्माण हुँदै गरेको वहु’प्रतिक्षित अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्मा’णका लागि आर्थिक अभाव सिर्जना भएको छ । निकै ठूलो लगानीमा सुरु गरिएको रंगशाला निर्माण’का लागि आर्थिक अभाव भएपछि धुर्मुसको टोली मेचि महाका’ली अभियानमा निस्किएको छ ।

धुर्मुस सुन्तली फाउण्डे’शनको अगुवाईमा रंगशाला निर्माणको काम सुरु भएको हो । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला नामा’करण गरिएको सो रंगशाला निर्माणका लागि सरकार र सर्वसा’धारणको लगानी छ ।

धुर्मुस सुन्तली फाउण्डे’शनले सहयोग उठाउँदै रंगशाला निर्माणमा लगानी गरिरहेको छ । क्रिकेट मैदान निर्माणमा आर्थिक अभाव भएपछि सहयोग जुटाउन सिताराम कट्टेल धुर्मुस मेची महाका’ली अभियानमा निस्किएका छन् । रंगशाला नि’र्माणको लागि आर्थिक संकलन गर्न अभियानमा निस्कदा उनलाई रंगशाला निर्माणमै जुटेका मजदुरले विदाई गरेका थिए । उनीहरुले विदाईका क्रममा बाटोमा लाग्ने खर्च उ’ठाएर धुर्मुसलाई दिएका थिए ।

मजदुरले पैसा दिँदा धुर्मुस निकै भा’वुक भए । मजदुरहरुले भने, घरको छोराछो’री बाहिर जाँदा बाटोखर्च दिएर पठाउनु पर्छ । हामीले त्यही भूमिका निर्वाह गरेका हौँ, लक्ष्य पुरा गरेर फर्कनुहोला शुभकामना छ । यसरी पैसा दिँदा त्यहाँको माहौल पनि निकै भा’वुक भएको थियो ।

धुर्मुस सुन्तली फाउण्डेश’नको तर्फवाट अभियानमा सहभागी भएका अर्जुन घिमिरे (पाडे)ले पैसा लिएर भने यो तपाईह’रुले दिएको आर्शिवाद हो । हामी कञ्चनपु’रवाट यो अभियान सुरु गरेका छौं । हाम्रो अभियानमा सबैको साथ रहने छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्