भागरथी ह’त्या प्रकरण : अभियुक्तले फेरे बयान

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्ट ह’त्या प्रक’रणका अभियुक्तले भागरथीको ह’त्या नगरेको बताएका छन्।

डोटीको सिलगढीमा रहेको सु’धारगृहमा रहेका अभियुक्त किशोरले आफैंले ह’त्या नगरको भन्दै बोली फेरेका छन्। सुधार गृहमा रहेका छोरालाई भेटेपछि उनका बुवा दीपकले आइतबार महेन्द्रनगरमा पत्रकार सम्मे’लन गर्दै ब’लात्कार र ह’त्या नगरेको दा’बी गरेका हुन्। ‘भागरथीको ह’त्या र बला’त्कार गर्ने व्यक्ति मैंले चिनेको छु, विद्यालयबाट आउने बेला मैले बला’त्कार गरिरहेको देखे। छोराको भनाइ उ’द्धृत गर्दै दीपकले भने, ‘कसैलाई भनिस् भने तेरा बुवा र भाइलाई पनि मा’रिदिन्छु भन्दै च’क्कु देखाएर ध’म्की दिएपछि अ’पराध स्वीकारेको हुँ।’

यसअघि अभियुक्त किशोरले प्रहरी, सरकारी वकिलको कार्यालय र जिल्ला न्यायाधीशलाई दिएको ब’यानका बेला दीपक पनि सँगै थिए। त्यतिबेला उनले बुवाकै सामुन्ने भागरथीको ह’त्या र बला’त्कार आफैंले गरेको ब’यान दिएका थिए। ह’त्या र बला’त्कारमा वडा कार्यालयका कर्मचारी संलग्न रहेका भन्दै नामै किटेर पत्रकार स’म्मेलनमा बताए। ‘उसले (छोराले) एकजना वडा कार्यालयका कर्मचारीलाई चिने भन्छ, अर्को दारी पालेको तर मास्क लगाएको हुनाले चिनि’न भन्छ’, उनले भने।

शुक्रबार आफ्ना काका शंकर भट्टलाई फोनमा अ’भियुक्तले यस्तो भनेपछि, बुवासहितका आफन्त शनिबार सु’धार गृह गएका थिए। भागरथी ह’त्यापछि दीपक बैतडीको दोग’डाकेदार गाउँपालिका–७ बाट कञ्चनपुरको महेन्द्रनगरस्थित भाइको घरमा सरेका छन्। छोराको सुरक्षा सुनिश्चित गरेर फेरि घ’टनाको अनुस’न्धान हुनुपर्ने दीपकको भनाइ छ।

तर सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्त’मराज सुवेदी भने अब ब’यान फेर्नुको कुनै औ’चित्य नरहेको बताउँछन्। ‘प्रहरीको अनुसन्धान सकिएर मु’द्दा जिल्ला अदालतमा विचा’राधीन छ, अब सबै कुरा अदा’लतको हातमा हुन्छ’, उनले भने। – अननपूर्णपोस्ट् बाट

प्रतिकृया दिनुहोस्