राष्ट्रपति भण्डारीको बङ्गलादेश भ्रमणको सम्पूर्ण तयारी पूरा, यी विषयमा हुँदैछ सम्झौता !

राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही चैत ९ र १० गते हुन ला’गेको बङ्गलादेशको राजकीय भ्र’मणको तयारी पूरा भएको छ । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहकाक अवस’रमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार (भोलि) बिहान त्यस’तर्फ जान लाग्नुभएको हो ।

राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधि’मण्डलको नेतृत्व गर्दै सोमबार बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु से’वा निगम (नेपाल एयरलाइन्स)को न्यारो बडी ए ३२० जहाज’बाट ढाका प्रस्थान गर्नुहुनेछ ।

उहाँ स्थानीय समय’अनुसार बिहान १० बजे ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुहुनेछ । त्यहाँ पुग्दा उहाँलाई बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादे’शका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले स्वागत गर्नुहुनेछ ।

राष्ट्रपति भण्डा’रीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ले सम्मान गरिनेछ । त्यसपश्चात् उहाँ त्यहाँको रा’ष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्ज’लिका लागि पुग्नुहुनेछ ।

सोही दिन उहाँका सम’कक्षी हमिदसँग दुईपक्षीय भेटवार्ता हुनेछ भने प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टा’चार भेट गर्नुुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्राल’यले जनाएको छ ।

यी विषयमा हुँदैछन् सम्झौ’ता
राष्ट्रपति भण्डारीको भ्रम’णका क्रममा दुई देशबीच पर्यटन प्रवद्र्धन, सांस्कृ’तिक सहयोग आदानप्रदान, रोहनपुर–सिंहबाद ‘रेल रुट’ सञ्चालन, पशुपंक्षीसँग सम्बन्धित ‘स्यानिटरी’ र वन’स्पति जगत्मा रोगव्याधी फैलिन नदिने प्रावधान ‘फाइटो स्यानिटरी’ अर्थात् स्यानिटरी एन्ड फाइटो स्यानिटरी मेज’र्ससहित तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर हुनेभएको छ ।

त्यहाँ हुने सम्झौ’तालाई मन्त्रिपरिषद्का पछिल्ला बैठकले अनुमोदन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज आयो’जित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । यसअघि परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको उक्त भ्रम’णबारे यही चैत ६ गतेको प्रतिनिधिसभाको बैठकमा जानकारी गराउँदै यस भ्रमणले दुई पक्षीय सम्बन्ध’लाई थप सुमधुर बनाउने बताउनुभएको थियो ।

बङ्गलादेशले नेपा’ललाई चटगाउँ र मोङ्ला बन्दगाहका साथै काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध सतहमार्गबाट पार’वहन सुविधा उपलब्ध गराएको छ भने रो’हनपुर–सिंहबादबाट मालबाहक रेल नेपालसम्म आवतजावत गर्न अतिरिक्त ‘रेल करिडोर’ प्रदान गरेसँगै कोलाकाता बन्दरगाहको विकल्पको रुपमा मोङ्ला बन्दरगालाई उपयोग गर्न मार्गप्रश’स्त भएको छ ।

नेपालका निम्ति कोला’काताभन्दा मोङ्ला बन्द’रगाह नजिक हुने भएकाले त्यसबाट कम लागतमा द्विप’क्षीय व्यापार विस्तार गर्न सहयोग पुग्नेछ । उक्त बन्दरगा’हबाट विराटनगरस्थित एकीकृत जाँचचौकीमा मालसामन आइपुग्न २१७ किलोमिटर दूरी पार गर्नुपर्नेछ भने वीरगञ्जमा रहेको एकीकृत जाँचचौकी पुग्न ६०० किलो’मिटर यात्रा गर्नुपर्नेछ ।

‘समृद्ध नेपा’ल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा अग्रसर नेपालले छिमेकी र अन्य मुलुकसँग पारस्परिक साझेदारी र सहयोगका क्षेत्र पहिल्याउँनाका साथै आपसी उच्चस्ती’य भ्रमण तथा सम्बन्ध विस्तारको क्रमलाई निरन्त’रता दिँदै आएको छ ।

भ्रमण दलमा को–को ?
राष्ट्रपतिको भ्रम’ण दलमा राष्ट्रपतिका छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रप’तिका सञ्चार विज्ञ टीकाप्रसाद ढकाल, नेपा’ल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादव’प्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र राष्ट्रपतिका स्वकीय सचिवालयका प्रमुख डा भेषराज अधिका’री रहनेछन् ।

यस्तै परराष्ट्र मन्त्रा’लयका सहसचिव यज्ञबहादुर हमाल, मन्त्रालयका शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, राष्ट्रपतिका निजी चिकित्सक डा कैलाश भण्डारीलगायत ढाकास्थित नेपाली दूतावा’सका कर्मचारीसमेत गरी ५४ जना भ्रमण दलमा हुनुहुन्छ । भ्रमण दलमा कलाकार अशोकुमार राईको नेतृत्वमा सांस्कृ’तिक कलाकर्मीको १९ सदस्यीय टोली तथा तीन सञ्चारकर्मी रहने छन् । – न्यूज24बाट

प्रतिकृया दिनुहोस्