‘फोटो फिरिममा २’ प्रताप दासले नै गाउने भए, प्रतापले भने: गायिका रचना रिमाल नै हुनुपर्छ (भिडियो सहित)

कलाकार शिशिर भण्डारीले दर्शकले अत्या’धिक मन पराएको गीत ‘फोटो फिरिममा’ को सिक्वेल ‘फोटो फिरिममा २’ को प्रदर्शन मिति सार्व’जनिक गरेका छन्। उनले आफ्नो आधिकारिक फेस’बुक मार्फत एउटा सानो ट्रेलर क्लिप सेयर गर्दै ‘फोटो फिरिममा २’ लाई २०७८ साल बैशाख २ गते रिलिज गर्ने जान’कारी दिएका हुन्।

कला’कार शिशिर भण्डारीकै शब्द तथा संगीत रहेको ‘फोटो फिरिमा’ बोलको गीतमा मेल भ’र्सनमा प्रताप दासको आवाज रहेको थियो भने फिमेल भर्सनमा रचना रिमालको आवाज रहेको थियो। यस्तै सार्व’जनिक गीतको ट्रेलर अनुसार ‘फोटो फिरिमा २’ लाई नया नया न्युज नेपाल नामक युटुब च्यानल मार्फत रि’लिज गरिने छ।

सांगीतिक जगतमा दर्श_कहरुले अत्याधिक मन पराएको गीत ‘फोटो फिरिममा’ को सिक्वेल कहिले आउछ भनेर दर्शकहरु पर्खाईमा थिए तर अब दर्शको कौ’तुहलता मेटिएको छ। ‘फोटो फिरिममा’ को भिडियोमा माया, विश्वास र घातको एउटा कथालाई निकै मा’र्मिक तरिकाले प्रस्तुत गरिएको थियो र त्यस कथाको अन्य भने भएको थिएन र दर्शकहरुलाई भने यो कथाको अ’न्त्य कसरी हुन्छ भन्ने जिज्ञाशा थियो र अहिले पनि छ।

दर्शकहरुमा रहेको यो जि’ज्ञाशा भने ‘फोटो फिरिममा २’ ले मेट्ने छ। यसैबिच शिशिरले गीतको गायकको खु’लाशा गरेका छन् । फोटो फिरिममा २ पनि प्रताप दासले नै गाउ’ने भएका छन् । गायिकाको खुलाशा भने गरिएको छैन । – इताजा खबरबाट

भिडियो हेर्नुस:

प्रतिकृया दिनुहोस्