मस्ति’ष्काघात भएर नर्भिक अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको परिवारले सरका’रले दिने भनेको स्वास्थ्य उपचार खर्च नलिने भएको छ । जोशी परिवारले सरका’रले दिने भनेको उपचार खर्चबापतको १० लाख रुपैयाँ स्वीकार नगर्ने उनका स्वकीय सचिव पुष्कर पाण्डेले जान’कारी दिए ।
‘सरकारले अनर ग¥यो, त्यसका लागि हामी धन्य’वाद दिन चाहन्छौँ । उहाँको परिवारले त्यो सहयोग स्वी’कार नगर्ने निर्णय गरेको कुरा जानकारी गराउन चाहन्छौँ,’ पाण्डेले भिडियो सन्दे’शमार्फत भनेका छन्, ‘सरकारले दिने भनेको सहयोग वि’पन्न वर्गको उपचारमा लगाओस् र विपन्न वर्गले उपचार अभावमा मृ’त्यु हुने अवस्थाको अ’न्त्य होस् भन्ने परिवारको चाहना हो ।’
स्वकीय सचिव पाण्डेले नेता जोशीको स्वास्थ्य अवस्था ज’टिलनै रहेको पनि जानकारी दिए । उनले भने, ‘उहाँको स्वास्थ्य अव’स्था जटिल नै छ । डाक्टरले निको हुन्छ, हामी प्रयास गरिरहे’का छौं भनेका छन् । उनीहरुले हामीलाई ‘क्लियरफिकेसन’ दिएका छैनन् । विरामीको अवस्थाले गर्दा हामीले पनि बाहिर लैजाने स्थिति ब’निसकेको छैन ।’
नेता जोशीलाई उपचा’रका लागि मुलुक बाहिर लैजाने त’यारी पूरा गरिएको भए पनि अस्पतालले बाहिर लैजाने अनु’मति नदिएका कारण सम्भव नभ’एको बताए । फागुन १३ गते राति मष्ति’ष्कघात भएपछि उनी नर्भिक अस्पतालमा उप’चाररत रहेका छन् । – रातोपाटी बाट