निखिललाई हेर्न र सेल्फी खिच्न दर्शकको भि’ड

अभिनेता निखिल उप्रेती, ‘जात्रा’ निर्देशक प्रदीप भट्टराई, कवि एवम् गीतकार दिनेश अधिकारी एक’साथ सम्मा’नित भएका छन् । शनिबार सर्लाहीको हज’रियास्थित खेल मैदानमा आयोजित ‘सर्लाही स्वर्णिम सम्मान २०७७’ कार्यक्रममा उनीहरुलाई आ–आफ्नो क्षेत्रबाट उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्मा’न गरिएको हो ।

कलाकार र पत्रका’रसहित १७ जना सम्मानित भएको कार्यक्रममा गायक शिव परियार, हाँस्यक’लाकार शिवशंकर रिजाल (जोगेन्दर),महिला निर्देशक सम्झना उप्रेती रौनियार, सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराई, रंग पत्रकार प्रदीप कार्की, गायक यश’कुमार, निर्देशक पुर्णेन्द्र झा, संगी’तकार टिका बम्जन, पत्रकार दिवाकर मैनाली, गायक कमल खत्री, कलाकार विजय बराल, मोडल कविता नेपालीले समेत स’म्मान पाएका थिए ।

कार्यक्र’मभन्दा अगाडि कलाकारहरुलाई टायरगाढामा राखेर भव्य र्याली समेत निका’लिएको थियो । निखिल उप्रेतीलाई हेर्न र सेल्फी खिच्न दर्शकको भिडनै लागेको थियो । कार्यक्रममा अभिनेता निखिल जन्म’थलोमा सम्मानित हुन पाउँदा खुसी ला’गेको बताए ।

नग’रपालिका प्रमुख देवानन्द महतोले कलाकारिता एवं पत्रकारिता क्षेत्रबाट जिल्ला चिनाउनेलाई हौस’ला प्रदान गर्न सम्मान गरिएको बताए । रंग पत्रकार नविन गिरी र स्थानीय नविन यादवको संयोजनमा भएको सम्मान कार्य’क्रममा काठमाडौंबाट पुगेका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुति समेत दिएका थिए । कार्यक्रमले अगामी वर्षमा पनि निरन्तरता पाउने संयो’जक गिरीले बताए ।

यो पनि पढ्नुहोस्: ऊर्जा, जलस्रोत तथा सिँचा’ईमन्त्री टोपबहादुर रायमाझीले शान्ति र स्थिरताको निम्ति लडिरहेको बताएका छन् । आइत’बार अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको बिस्तारित बैठकमा बोल्दै ऊर्जा मन्त्री रायमाझीले मुलु’कमा शान्ति र स्थिरता स्थापनार्थ सहि नेतृत्वको आवश्यकताको लागि लडिरहेको बताएका हुन् । आर्थिक समृ’द्धिमा टेवा पुर्याउन, राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्षमा निर्भीक रुपमा उभिन सक्ने नेतृत्व देशलाई चाहिएको र त्यसतर्फ राजनीतिक बहस केन्द्री’त भइरहेको उनको भनाई छ ।

उनले भने– ‘हिजो हामीहरू राज’नीतिक व्यवस्था उल्ट्याउनका लागि लड्यौ भने आज शान्ति र स्थिरताको लागि सही राजनीतिक नेतृत्वको पनि आव’श्यकता छ भनेर हामी लडिरहेका छौँ । हिजोको जस्तो हतियार उठाएर होइन वैचारिक लडाइँ अहिले चलिरहेको छ । तर यो लडाइँ नलड्नुपर्ने हो यतिबेला । तर पनि हिजोको ल’डाइँको क्षेत्रबाट आएका अवशे’षहरू, ती धङधङीहरु अहिले पनि देखा पर्छन् । केही समय रहन्छन् अझै ।

हिजोको धङ’धङी राजनीतिमा देखा परिर’हेको छ । हिजो हामी को कता थियौँ छोडिदिनुस् । आज के सही हो त्यो महत्वपूर्ण कुरा हो । कुन सत्यले ? कुन पार्टीले ? कुन नेतृत्वले ? आज देशको आर्थिक समृद्धिमा टेवा पुर्याउँछ, त्यसको लागि शान्ति र स्थिरता कसले ल्याउनसक्छ ? राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्ड’ताको रक्षा कसले गर्न सक्छ ? राष्ट्रियता र राष्ट्रिय अखण्डताको विषयमा दह्रोसँग निर्भिक भएर उभिन सक्ने नेतृ’त्व आज चाहिएको छ । अरुको गुलाम, अरुको कठपुतली भएर हुँदैन । त्यस्तो नेतृत्व चाहि’एको छ ।’

मन्त्री रायमा’झीले नेपालको कृषिलाई सामुहिक रुपमा अगाडी बढाउनुपर्ने बताए । कृषिलाई ब्यक्तिवादी र नि’र्वाहमुखि चिन्तनबाट माथि उठाउँदै वैज्ञानिक आधुनिकरण र व्यवसायीकरणमा लैजा’नुपर्ने उनको भनाई छ । – रातोपाटीबाट

प्रतिकृया दिनुहोस्