चर्चित गीत ‘फूलबुट्टे सारी’ अब अफ्रिकी महि’लाको स्वरमा सुन्न पाइने भएको छ। गत शुक्रबार युट्युब च्या’नल डिका इन्टरटेन्टमेन्टबाट युगान्डाकी वियोन्से फ्यामेसीको स्वरमा ‘फूलबुट्टे सारी’ सार्व’जनिक भएको हो।
हालसम्म यो गीत नेपाली गायक मा’र्मिक लामा, मिलन नेवार, अरिष्मा सिवा’कोटी, मदन कृष्ण श्रेष्ठको स्वरमा सुनिरहेका थियौं। यही गीतको थुप्रै कभरहरू पनि युट्युबमा पाइन्छ। यो गीतको रच’नाकार र संगीतकार राजनराज सि’वाकोटी हुन्।
विभिन्न भ’र्सनमा निस्किएको यो गीतले करोडौं भ्यूज पाइसकेको छ।दि क्याप्टेन वियोन्से फ्यामे’सीले गाएको गीतमा पनि ३५ हजार भ्यूज नाघिसकेको छ। पछिल्लो समय नेपालमै रहेकी उनले युट्युब च्यानल एनबि’एसबाट सार्वजनिक केही छोटा फि’ल्महरूमा पनि अभिनय गरेकी छन्।
उनले गाए’को ‘फूलबुट्टे सारी’को म्युजिक भिडिओमा सेरा सेरा र राजु खड्काको प्रस्तुति छ। भिडिओ डिका गुरुङ’को निर्देशन, छायांकन र सम्पादनमा त’यार भएको हो।
भिडियो हेर्नुहोला: