चिनियाँ एक कम्पनीले आफै भाइरस मुक्त हुने मास्कको उत्पादन थालेको छ । कोरोना भाइरसको संक्र’मण फैलिएसँगै चिनियाँ कम्पनीले यस्तो मास्क उत्पादन थालेको हो ।
कोरोनाको जोखि’मलाई मध्यनजर गर्दै चिनियाँ मोबाइल कम्पनी शाओमीको स्वामित्व रहेको हुवामीले भाइरस मुक्त मास्क निर्माण गरेको हो ।अमेजनफिटको यो सेल्फ डिसइ’न्फेक्टिङ्ग मास्कको नाम ‘एइरी’ रहेको छ । यो मास्कमा कम्प’नीले एक अल्ट्रा भायलेट (यूभी) लाइट जोडिदिएको छ ।
यसमा विद्युत सप्लाइ’का लागि एउटा प्लग समेत राखिएको छ । उक्त प्लगमा जोडेको १० मिनेटमा सो मास्क अल्ट्रा भा’इलेटको माध्यमद्वारा आफैं सफा हुन्छ ।
अल्ट्रा भाइलेट किरणको माध्यमले मास्कको भित्री भाग मात्र सफा हुन्छ । बाहिरी भाग भने स्वयं प्रयोगक’र्ताले नै सफा गर्नुपर्ने जनाइएको छ ।
यसको व्याव’सायिक प्रयोग भने केही समय लाग्ने जनाइएको छ । हुवामीका औद्योगिक डिजाइनका उपाध्यक्ष पेङ्गताओ यूका अनुसार बजा’रमा आउन ६ देखि १२ महिना लाग्नेछ ।
विश्वमा कोरो’नाको जोखिम बढ्दै गएपछि विभिन्न प्रकारका मास्क उत्पादन थालिएको छ । विश्व स्वास्थ्य संगठनले कोरो’नाको संक्रमण फैलिन नदिन मास्क प्रयोग गर्नुका साथै समय समयमा हात धुन आग्रह गर्दै आएको छ ।
कोरोना’को जोखिम बढ्दै गएपछि एन–९५ तथा यो भन्दा पनि गु’णस्तरीय मास्कको प्रयोग गर्न समेत सुझाइएको छ । खबरहव बाट साभार