काठमाडौँको काँडाघारीमा बस्ने सुत्केरी विनिता भुजेललाई आज खाद्यान्न र आर्थिक सहयोग हस्ता’न्तरण गरिएको छ । श्रीमान्ले छा’डेर गएपछि डेढ महिनाकी सुत्केरी विनितालाई घरखर्च चलाउन स’मस्या भएको राससमार्फत समाचार सार्वजनिक भएपछि आज नगद र खाद्यान्नसहित गरेर झण्डै रु २५ हजार बरा’बरको सहयोग गरिएको छ ।
काठमाडौँ काँडाघारी बस्ने ओखलढुङ्गाकी विनिता सुत्केरी भएको २१ दिनमा श्रीमान् देवकुमारले छा’डेर गएपछि उहाँलाई अहिले दैनिकी च’लाउन धौधौ परेको छ । सोही विषयमा राससले शुक्रबार ‘सुत्केरीको रोदन ः मुठी सास र थोपा रगत रहे’सम्म छाड्दिन भन्थ्यो…’ शीर्षकमा समाचार सार्व’जनिक गरेको थियो ।
उक्त समाचार थाहा पाएर धादिङ घर भई हाल जर्मनी’मा बस्ने आशिका तामाङले झण्डै रु १५ हजार ब’राबरको नगद र खाद्यान्न सहयोग गर्नुभयो । उहाँले सञ्चा’लन गरेको आशिका फाउन्डेशनमार्फत काठमाडौँ बस्ने तनहुँका सन्दीप बस्नेतले आज रु चार हजारभन्दा बढीको ग्यास, खाद्यान्न र नगद रु १० हजार हस्ता’न्तरण गर्नुभयो ।
काँडाघारीस्थित कोठामै पुगेर सहयोग हस्ता’न्तरण गर्दै बस्नेतले आगामी दिनमा पनि सहयोग जारी राख्ने बताउनुभयो । उहाँले पारिवारिक सम’स्याका कारण पढाइ छाडेकी १२ वर्षीया छोरी सुमित्राको पठनपाठनमा पनि सहयोग गर्ने प्र’तिबद्धता जनाउनुभयो ।
गोल्छा अर्गनाइजेशन अन्तर्गतको हुलास पावरका महा’प्रबन्धक प्रितमकुमार काफ्लेले पनि आजै विनितालाई नगद रु १० हजार सह’योग गर्नुभएको छ । उहाँले सु’त्केरी विनितालाई एक्लै हुँदाको पीडामा केही राहत मिलोस् भनेर सहयोग गरेको बताउनुभयो । काफ्लेले उप’लब्ध गराउनुभएको रकम राससकर्मी नारायण ढुङ्गानाले कोठामै पुगेर हस्ता’न्तरण गर्नुभएको थियो ।
समाचारमार्फत विनिताको सम’स्या थाहा पाएर अमेरिकामा बस्ने सरिता गुरुङले पनि रु १० हजार सहयोग गर्ने घोषणा गरिसक्नुभएको छ । अन्य क्षेत्रबाट समेत सहयोग गर्ने प्रति’बद्धता आएको छ ।
चौध वर्षअघि प्रेम विवाह भएकामा अहिले विनिता २१ दिनको सुत्केरी हुँदा श्रीमान् कहाँ गए कसैलाई पत्तो छैन । उहाँले अर्कै महिला लिएर भागेको विनिताको आरो’प छ । उहाँले गएको फागुन २० देखि श्रीमान् घरबाट निस्कि’एको र २९ गतेदेखि सम्पर्क’विहीन भएको बताउनुभयो । श्रीमान्को खोजीका लागिसमेत उहाँले सबैमा अनुरोध गर्नुभएको छ । खोजी गरिदिन भन्दै प्रहरीमा समेत उजू’री परेको छ । – इताजाखबरबाट