ओली र प्रचण्डले चलाएको जहाज दु’र्घटनाग्रस्त भयो अब युवाहरु पाइलट बन्नुपर्छ : योगेश भट्टराई

नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको ने’तृत्व अब युवाहरुले गर्नुपर्ने बता’एका छन्। शनिबार काठमाडौंमा माधव नेपाल पक्षीय युवाहरुले आयो’जना गरेको भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले अब युवाहरुले पार्टीको नेतृत्व गरेमा मात्र गन्त’व्यमा पुग्न सकिने बताए।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चला’एको जहाज (नेकपा) दुर्घट’नाग्रस्त भएको बताए। आफूहरुले अनु’भवी भनेर ओली र प्रचण्डलाई विश्वास गरेको तर अहिले पार्टी दुर्घ’टनाग्रस्त बनाएको उनको भनाई छ।

‘हामीले दुईवटा अनु’भवी क्याप्टनले चलाएको जहाजलाई गन्तव्यमा पुर्‍याउनुहुन्छ भन्ने वि’श्वास गरेका थियौं,’ उनले भने, ‘तर, आज दुर्भाग्यवस दुईवटा क्याप्टेनले चलाएको जहाज दुर्घ’टनाग्रस्त भएको छ।’

अब शीर्ष नेताहरुले दु’र्घटनाग्रस्त बनाएको जहाज (पार्टी) लाई युवाहरुले चलाउनुपर्ने भट्टराईको भनाई छ। ‘अब त्यो जहाजलाई गन्त’व्यमा पुर्‍याउने दायित्व तपाईं हाम्रो काँधमा आएको छ, युवाहरुको काँधमा आएको छ। म यहाँहरुलार्ई सोध्न चाहन्छु, के यहाँहरु त्यो पाइ’लटको सिटमा बस्न तयार हुनुहुन्छ कि हुनुहुन्न?,’ उनले प्रश्न गर्दै भने, ‘यहाँहरुले भन्नुपर्‍यो अब यदि त्यो ज’हाजको सिटमा बसेर त्यो जहाजलाई गन्त’व्यमा पुर्‍याउन सक्छौं भन्ने हिम्मत तपाईंहरुमा छ भने हामी पक्कैपनि गन्त’व्यमा पुग्न सक्छौं। त्य’सकारण अब यो जहाज तपाईंहरुको हातमा आएको छ। मलाई लाग्छ पक्कैपनि यो ग’न्तव्यमा पुग्नेछ।’

एमाले र माओ’वादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो। सो पार्टीको नेतृ’त्वको ओली र प्रचण्डले गरेका थिए। तर, पार्टीभित्रको अन्तरकलहका कारण नेकपा विभाजनको मुखमा पुगि’सकेको थियो। ०७७ फागुन २३ गते सर्वोच्च अदालतले दुई पार्टीबीचको एकतालाई वैधता दिन अस्वी’कार गरेपछि दुवै पार्टी औपचारिक रुपमै पूर्ववत् अवस्थामा फर्कि’सकेका छन्। श्रोत नागरिक

प्रतिकृया दिनुहोस्