कोरोनाभाइरस महा’मारीले मानिसहरुको कामकाज, दैनिकी, व्यवसाय, रोजगारी, शिक्षा लगायतमा गम्भी’र नकारा’त्मक प्रभाव पारे पनि त्यसले नेपालीहरुलाई खुसी हुनबाट भने रो’क्न सकेन । त्यसैले पछिल्लो १ वर्षमा नेपालीहरु अघिल्लो वर्षभन्दा झन् बढी खुसी रहेको पाइयो । विश्वभरीका देशहरुको खुसीको परि’माण मापन गर्ने ‘वर्ल्ड ह्यापीनेस रिपोर्ट’ले नेपालीहरु अघिल्लो वर्षभन्दा झन बढी खुसी भएको दे’खिएको छ ।
रिपो’र्टका अनुसार नेपाल यो रिपोर्टमा दक्षिण एसियाली देशहरुमध्ये शीर्ष स्थानमा छ । विश्वव्यापी बरिय’तामा नेपाल ८७ औं स्थानमा छ र नेपालको अंक ५.२६९ छ । यो अघिल्लो वर्षको तुलनामा बढी हो । अघि’ल्लो वर्ष नेपाल ९२ औं स्थानमा थियो र त्यस वर्ष नेपालको अंक ५.१३७ थियो । यद्यपि छिमेकी देश चीनको प्रगति भने नेपा’लको भन्दा बढी छ । अघिल्लो वर्ष चीन नेपालभन्दा पछाडि ९४ औं स्थानमा थियो र उसको अंक ५.१२४ थियो । अहिले भने चीन नेपाललाई उछिन्दै ५.३३९ अंकका साथ ८४ औं स्था’नमा आएको छ ।
दक्षिण एसि’यामा नेपालभन्दा पछि ५.१९८ अंकका साथ माल्दिभ्स ८९ औं स्थानमा, ५.०२५ अंकका साथ बंगलादेश १०१ औं स्थानमा, ४.९३४ अंकका साथ पाकिस्तान १०५ औैं स्था’नमा, ४.३२५ अंकका साथ श्रीलंका १२९ औं स्थानमा, ३.८१९ अंकका साथ भारत १३९ औं स्थानमा र २.५२३ अंकका साथ अफ’गानिस्तान १४९ औं स्थानमा छन् । भुटानलाई भने सर्वेक्ष’णमा सामेल गराइएको छैन ।
यस वर्ष नेपाल’सहित बंगलादेशले पनि प्रगति गरेको छ । अघिल्लो वर्ष ४.८३३ अंकका साथ बंगलादेश १०७ औं स्थानमा थियो । माल्दि’भ्स भने अघिल्लो वर्ष ८७ औं स्थानमा रहेकोमा यस वर्ष खस्किएको छ । अघिल्लो वर्ष ६६ औं स्थानमा रहेको पाकिस्तान धेरै पछि पुगेको छ ।
अघिल्लो वर्ष १३० औं स्थानमा रहेको श्रीलं’काले सुधार गरेको छ । अघिल्लो वर्ष १४४ औं स्थानमा रहेको भारतले पनि सुधार गरेको छ । अघिल्लो वर्ष १५३ औं स्थानमा रहेको अफगा’निस्तान पनि केही अगाडि आएको छ । – डिसी नेपालबाट