सुत्केरीको रोदनः मुठी सास र थोपा रगत रहेसम्म छा’ड्दिन भ’न्थ्यो…

चौध वर्षअघि देवकुमार (दिपेश) भुजेल र विनिता राउतको पिरती बस्दा छु’ट्नुपर्ने कल्पना क’हिल्यै गरेनन् । ओखलढुङ्गाको रावादोलु गाउँको वनपाखामा लु’कीछिपी लगाएको पिरतीको डोरी अहिले चट’क्क चुँडि’एको देख्नेहरु जो कोहीको पनि मन अमिलो हुन्छ । अन्तरजातीय जोडीले भागी विवाह गरेरसँगै जीउने मर्ने वा’चा गरेका थिए ।

‘एक मुठी सास र एक थोपा रगत रहेसम्म तिमिलाई छा’ड्दिन’, देवकुमारले खाएको यो क’सम विनिता झल्झली सम्झन्छिन् । भर्भ’राउदो ३१ वर्षे उमेरमा श्रीमती विनितालाई सुत्केरी भएकै बखत छा’डेपछि पहिलेका वाचा कसम सबै झु’ठा ठ’हरिए । विगतमा उनका मिठामिठा सपनाले तानेर दुई जीवनलाई एक बनाएको थियो । काठमाडौँको काँडाघारीमा बस्ने देवकुमार २१ दिने सुत्केरी श्रीमती छा’डेर फागुन २० देखि अल’प भएपछि विनिताका भविष्यका सुन्दर सपना चक’नाचुर बन्यो ।

उनी अहिले डेढ महिनाको सुत्केरी छिन् । ज्याला मजदूरी गर्नसक्ने अव’स्थामा छैनन् । बाह्र वर्षकी जेठी छोरी सुमित्रालाई आमाको स्याहार गर्न मु’स्किल छ । आर्थिक र पारिवारिक समस्याले चार पढेकी सुमित्राको पढाइ टुटे’को छ । उनका घरमा खानेकुरा भए त छिमेकीले प’काइदिन्थे, तर मजदूरी नहुँदा अन्नको जोहो हुन सकेको छैन । मनकारीसँग विनिता आँखा रसाउँदै या’चना गर्छिन्, ‘सुत्केरी मात्रै उतार्न पाए त काम गरेर दुई छोरी पाल्थेँ, सहयोगीले दुई–चार महिना स’हयोग गरिदिए हुन्थ्यो ।’

विनितालाई श्रीमान्को ती बा’चाले पोल्छ । श्रीमान् आफैँ ए’क्लै भागेका भए पनि उनलाई धेरै पी’डा हुँदैनथियो । खोजीका लागि गहा’रगुहार गर्नुहुन्थ्यो । विनिताले श्रीमान्लाई अर्काकी श्रीमती लिएर भागेको आ’रोप लगाएकी छिन् । नजिकै बस्ने आफ्नै देउरानी अस्मिता आएर बेलाबेलामा खाना प’काउन सहयोग गर्छिन् । ‘आफ्नो भनौदाले त छा’डेर गयो अर्काले यसरी कति दिन सहयोग गर्लान् र’, मन भक्का’नो पार्दै विनिता भन्छिन्, ‘छाँगाबाट ख’सेजस्तो भएकी छु ।’

बिहीबार उनको घर पुग्दा खाटमा शिशु च्यापेर मलिन अनुहारमा बसिरहेकी विनिताको पी’डा कम गराउन छिमेकीले साथ दिइरहेका थिए । गएको असारदेखि मा’सिक चार हजार घर भाडा तिरेको छैन । पसलबाट सामान ल्याएको उधा’रा तिर्न बाँकी नै छ । विगतमा श्रीमानले कमाएको पैसा मदिरा खा’एर सक्ने गरेको विनिता सुनाउँछिन् । विलखबन्दमा परेकी विनितालाई आजकाल दैनिक गर्जो टार्न धौ&धौ भएको छ ।

सुत्केरी श्रीमती छाडेर हिँडेका श्रीमान्को आजसम्म अत्तो’पत्तो छैन । उनका अनुसार त्यो दिन इलाममा बस्ने दिदीको घर जान्छु भनी ब’हाना बनाए घरबाट हिँडेका थिए । बीचमा फोन सम्पर्क हुँदा सप्तरीमा फागुन २८ मा साथीको बिहे छ, त्यो बिहे सका’एर जान्छु भनेको विनिता सुनाउँछिन् । त्यसदिन छिमेकी एक व्यक्तिले देवकुमारले मेरी श्रीमती भगा’एर लग्यो भनेर आफूसँग कुरा गर्न आएको सुनाउने विनिता पनि केटी लिएर भा’गेको दोहोर्याउँछन् ।

ती व्यक्तिले पनि श्रीमती खोजी पाउँ भनेर काँडाघारी प्रहरीमा उजुरी दिएका छन् । विनिताले केटी लग्यो भनेर उजुरी हाले छिट्टै आउनुस् भनेर श्रीमानलाई सप्तरीबाट फर्कन आग्रह गरिसन् । फागुन २९ गते बिहान घर हिँडे भनेर जानकारी दिएको मान्छे त्यसदिन पछि मोबाइल बन्द भएको विनिता सुनाउँछिन् ।

देवकुमार घर बनाउने मिस्त्री हुन् । विनिता गार्मेन्टको काम गर्थिन् । दुवैले चौध वर्षसम्म सँगै स’ङ्घर्ष गरे । दुवैले कहिले काठमाडौँ त कहिले भारत गई काम गरेर जीवन गु’जारा गरे । केही सीप नला’गेपछि धेरै कमाउने आशा बोकेर उनले श्रीमान्लाई २०७२ सालमा मलेसिया पठाइन् । त्यहाँ पनि क’माई नभएपछि एक वर्षमै फर्किएको र विदेसिँदा लागेको ऋण पछि मज’दूरी गरेर तिरेको उनी बताउँछिन् ।

कमाइ नभए पनि दुवैले काम गर्दा परि’वार राम्रै थियो । गत सालको बन्दा’बन्दीपछि भने उनका दुः’खका दिन शुरु भए । काम गर्ने ठाउँमा मजदुरी गर्ने एक महिलासँग हि’मचिम बढेको विनिता बताउँछिन् । उनका अनुसार गएको मङ्सिरपछि भने घरमा नआउने, बाहिरबाहिरै बस्ने गर्न थाले । अर्की महिलासँगको ल’सपस चाल पाएपछि घर परिवारबाट छुटाउने प्रया’स धेरै पटक भएको उनी सुनाउछिन् ।

दुवैलाई राखेर छलफल गराउँदा सुध्रने प्रतिब’द्धता पनि आएको छिमेकी (विनिताकी देउरानी) अस्मिता भुजेल बताउँछिन् । उनी पनि त्यही महिला लिएर भागेको जि’किर गर्छिन् । फागुन २० गते २१ दिने सुत्केरीलाई अ’लपत्र पारी उनी हरा’एका छन् । अहिले विनिताले पनि प्रहरीमा श्रीमान्को खोजी गरी पाउँ भनेर निवेदन दिएकी छिन् । मोबाइल बन्द भएकाले खोजी गर्न नस’किएको प्रहरी बताउँछन् ।

प्रहरी निरीक्षक रुपेन्द्र श्रेष्ठ दुवै परिवारको तर्फबाट हरा’एकाले खोजी गरी पाउँ भनेर निवेदन परेकाले खोजी जारी रहेको बताउँछन् । घट’नामा उनीहरु संलग्न भए नभएको भने फे’ला परेपछि मात्रै थाहा हुने उनको बनाइ छ । अशिक्षा, पुरुषको स्त्रीप्रतिको आशक्ति, महिलाप्रति हुने हेय व्यवहार, पुरानो सामाजिक मूल्य मान्यताका कारण कानूनमा कडा’इ गरे पनि समाजमा अर्को लिएर भाग्ने क्रम रो’किएको छैन । यौनाशक्ति, आर्थिक समस्या र मानसिकरुपमै मानवीय कम’जोरीका कारण यस्ता समस्या नि’म्तिने मनोविद् डा नरेन्द्रसिंह ठ’गुन्ना बताउँछन् ।

उनका अनुसार केही महिलाले अर्को महिलाको पी’डा बुझ्नुभन्दा पनि विवाहोत्तर सम्बन्धका घ’टना हुने गरेको छ । प्रहरी प्रधान कार्यालका अनुसार घरमा श्रीमती हुँदाहुँदै अर्को महिला भगाएको भनेर बेलाबेलमा उ’जुरी आइरहेको छ । मुलुकी अ’पराध संहिता २०७४ को दफा १७५ मा बहु’विवाह गर्न नहुने र यसरी विवाह भएमा एक वर्षदेखि पाँच वर्षसम्म कैद र रु दश हजारदेखि ५० हजारसम्म ज’रिवाना हुने व्यवस्था छ । दोस्रो विवाह स्वतः बदर हुने कानूनी व्यवस्था’समेत रहेको छ । – रातोपाटीबाट

प्रतिकृया दिनुहोस्