अनुहारको दागदब्बा र चाँयापोतो हटाउन निमको जुस

निमको स्वाद अत्य’धिक तितो हुन्छ । यसमा क्याल्शियम, आइरन, एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल तत्वहरु पाइनछन् । विशेषगरी मोटोपनका कारण चिन्तामा रहेका व्य’क्तिहरुका लागि निमको जुस फाइदा’जनक हुन्छ ।

यसले रोग प्र’तिरोधात्मक क्षमतामा पनि वृद्धि गर्छ । मोटोपनका कारण समस्यामा रहेका व्यक्तिहरु’का लागि निमको जुस पिउँदा तौल कम गराउँन मद्दत गर्छ । निमको जुस घरमा नै बना’उन सकिन्छ ।

आव’श्यक सामाग्रीः
निमको पात २५० ग्राम
पानी १ लिटर
कागती’को रस (स्वादअनुसार)

विधिः
१. नि’मको पात सफा गरेर रातभर भिजाउने
२. भिजाएको निमको पात पिस्ने
३. तयार भएको पेस्टमा १ लिटर पानी र का’गतीको रस मिसाएर छान्ने र बोतलमा राख्ने
४. उक्त जुस २ देखि ३ दिन’सम्म पिउन सकिन्छ ।

अन्य फाइदाः
हरेक दिन नि’मको जुसले पेट, कम्मर जस्ता अंगमा लागेको बोसो पगाल्न मद्दत गर्छ । यसले तौल कम गर्ने र शरीरलाई फिट बनाउँछ ।

नियमित रुपमा निम’को जुस सेवन गर्दा क्यान्सर जस्ता बिरामीहरुबाट बचाउँछ । एन्टि ब्याक्टेरियल, एन्टिभाइरल जस्ता गुण पाइने भएकाले रोग प्रतिरोधी क्षमता बढाउँछ । निमको जुसले कम’जोरी हराउँछ र दिनभर ताजा र उर्जा’वान महसुस गराउँछ ।

बच्चाहरुको पेटमा वि’भिन्न प्रकारका किराहरु परेमा निमको दुई थोपा रस पिलाउँदा पेटमा भएका समस्या’हरु कम हुन्छ । यसले रक्तसञ्चार सन्तुलनमा ल्याउँछ । भने यसले रगत पनि सफा गराउँछ । निमको जुसको सेवनले अनु’हारको दागदब्बा, चाँयापोतो, चाउरीपन र डार्क सर्क’ल कम गराउँछ ।

निमको पात क्या’ल्सियम र आइरनको मुख्य स्रोत भएकाले मांसपेशी र हड्डीहरु मजबुत बनाउँछ । दाँतको दुखाई कम गर्न पनि निमको जुस फाइदाजनक हुन्छ । निमको पातले कपाल प’खाल्दा कपाल रुखो हुने सम’स्या कम हुन्छ । – रातोपाटीबाट

प्रतिकृया दिनुहोस्