हवाई भाडा बढ्यो, अब कताको कति ? हे’र्नुहोस्

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवा’प्रदायक कम्पनीले हवाई भाडा ब’ढाएका छन् । वायुसेवा सञ्चा’लकको छाता सङ्गठन वायुसेवा सञ्चा’लक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको ज’नाएको छ ।

सङ्घले आज विज्ञ’प्ति जारी गर्दै सङ्घमा आब’द्ध वायुसेवा कम्पनीले शनिबा’रदेखि लागू हुने गरी भाडा बढाएको उल्ले’ख गरेको छ । निगमले चैत ३ गते राति १२ बजे’देखि लागू हुने गरी हवाई इन्धनमा प्रति’लिटर रु दुई बढाउने निर्णय गरेको थियो । उक्त निर्णयअ’नुरुप हवाई इन्धनको मूल्य जे जति घट’बढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य बढाइएको सङ्घ’ले जनाएको छ ।

सङ्घ’का प्रवक्ता योगराज कँडेल शर्माका अनुसार हवाई गन्त’व्यमा सावि’कको मूल्यमा सबैभन्दा बढी रु ९० र कम्तीमा छोटो दूरीमा रु पाँच भाडा बढेको छ । काठमाडौँ–धनगढी गन्त’व्यमा रु ९०, काठमाडौँ–भद्रपुरमा रु ६० भाडा बढेको छ भने पर्वतीय उ’डानमा रु ७० बढेको छ ।

हवाई इन्ध_नको मूल्य प्रतिलिटर दुई रूपैयाँ थ’पघट हुँदा भाडा हेरफेर गर्न पाउने व्यवस्था सरका’रले गरेको छ । आयल निमगले हालै मात्र हवाइ इन्धनमा प्रति’लिटर रु दुई मूल्य बढाएको थियो । बढेको इन्धनअनुसारको भाडादर नेपाल नागरिक उड्डयन प्राधि’करणबाट स्वीकृ’तसमेत प्राप्त भएको सङ्घले जनाएको छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्