रुसको एक चिढि’याघरमा आजकल एक बाघ आफ्नो सुरिलो स्वरका कारण प्र’ख्यात बनेको छ । विटास नामको यो बाघ आठ महिनाको छ । यो बाघ अमुर प्रजातिको हो । यो प्रजा’तीका बाघ सबैभन्दा ठूला, तेज र चलाख हुन्छन् । वि’टासलाई जब आफ्नी आमाको ध्यान खिच्नुपर्छ, तब ऊ गाउन सुरु गर्छ । विटासले चराले सुसेलेज जस्तै आ’वाज निकाल्छ ।
सर्बियाको बर’नाल चिडियाखाना बस्ने विटासको आवाज कतिपयका नजरमा चराले सुसेलेजस्तो र कतिपयलका लागि बाँ’दरको हाँसोजस्तै छ । विटास यही आवाजका कारण सा’माजिक सञ्जालमा भाइरल भइरहेको छ ।
चिढिया’खानाका कर्मचारीका अनुसार यस बाघका धेरै भाई–बहिनी छन् । त्यसकारण उनीहरुबाट आफ्नी आमाको ध्यान आफु’तर्फ खिच्न यो बाघ चिच्याउने गर्छ । विटास त्यतिबे’लासम्म चिच्याउँछ, जबसम्म आफ्ना सबै काम छाडेर आमा ऊ समक्ष आउदिँनन् ।
अमुर प्रजा’तीको बाघ संसारकै सबैभन्दा ठूलो बाघ हो, तर यो प्रजाती खतरामा छ । पूर्वी रुसमा यस प्रजा’तीका केवल ६ सय बाघ आफ्नो प्राकृ’तिक घरमा सुरक्षित छन् । सोभियत संघको विघटनपछि सिकारी बढ्दा उनीहरुको अस्ति’त्वमा संकट पैदा भएको हो । – रातोपाटीबाट