नायिका रियाशा दाहाल: ‘महिनावारी भएकाले छुँदा कसैलाई दाग लाग्यो, एलर्जी भयो कि के भयो?’ (भिडिओ सहित)

जाडोयाम भर्खर सुरू भएको थियो र बिहान स्कुल जाने बेलामै मलाई हल्का पेट दु’खिरहेको थियो। त्यो दुखाइ अन्य बेलाभ’न्दा अलि फरक थियो। ग्यास्ट्रिकले दुखेको होला भनेर मैले त्यति वास्ता गरिनँ। तर स्कुलमा हुँदा नै दिउँसो’तिर मलाई महिनावारी भयो। सुरूमा त महिनावारी भएको हो कि होइन भनेर झुक्कि’एकी थिएँ। साथीहरूले साँच्चिकै भएको हो भनेर बुझाएपछि विश्वास गरेँ। घरमा आमा महिनावारी भएको देखिरहेको र स्कुलमा पनि यो विषय पढाए’काले म धेरै आ’त्तिइनँ।

मेरो पहिलो महि’नावारी चौध वर्षको उमेरमा भएको थियो। त्यो बेला म कक्षा सातमा पढ्थेँ। जाडो’याम भर्खर सुरू भएको थियो र बिहान स्कुल जाने बेलामै मलाई हल्का पेट दुखिरहेको थियो। त्यो दुखाइ अन्य बेलाभन्दा अलि फरक थियो। ग्यास्ट्रि’कले दुखेको होला भनेर मैले त्यति वास्ता गरिनँ। तर स्कुलमा हुँदा नै दिउँसोतिर मलाई महिना’वारी भयो।

सुरूमा त महिना’वारी भएको हो कि होइन भनेर झुक्कि’एकी थिएँ। साथीहरूले साँच्चि’कै भएको हो भनेर बुझाएपछि विश्वास गरेँ। घरमा आमा महिनावारी भएको देखिरहेको र स्कुलमा पनि यो विषय प’ढाएकाले म धेरै आत्तिइन । महिनावारी भएको थाहा पाएपछि आमालाई सुनाएँ। बरू आमा उल्टै आ’त्तिनुभयो। उहाँले यो कुरा कसैलाई नभन्न सिकाउनुभयो, मानौं त्यो कुनै डर’लाग्दो विषय थियो।

घरमा मैले पन्ध्र दिनसम्म लु’केर बस्नुपर्‍यो। त्यतिखेर मेरो परीक्षा चलिर’हेको थियो। त्यसैले बुबा र दाइले नदेख्ने गरेर लुकीलुकी स्कुल जान्थेँ। त्यो बेला सबभन्दा गाह्रो सात दिनसम्म बि’हान सबेरै उठेर चिसोमा नुहाउन भएको थियो। पन्ध्र दिनपछि पण्डित बोलाएर चोख्या’एपछि बल्ल मलाई भान्सातिर छिर्न दिइएको थियो। सानैदेखि आमाले महिनावारी बारेको देखेकाले मलाई नौलो केही थिएन। तर यस्ता चलन किन मान्नु पर्ने होला भनेर मनमा प्रश्न उ’ठ्थ्यो।

अहिले पनि मेरो घरमा चार दिन महि’नावारी बार्नुपर्छ। जनै लगाएका पुरुष’लाई छुन नपाउने नियम छ। खाना खानेबेला पनि भान्साकोठा बाहिर बसेर खानुपर्छ। सानैदेखि यही वाता’वरणमा हुर्किएकी मलाई यी कुराले त्यति फरक पार्दैन। तर आफ्ना केटी साथीहरू घर आउँदा पनि उनीहरूलाई त्यस्तै व्यवहार गरियो भने नर’माइलो लाग्छ।

मेरी आमा बाल्य’कालदेखि नै कडा संस्कार भएको घरमा हुर्कि’नुभयो। त्यसैले उहाँका लागि महिनावारी बार्नै पर्ने कुरा भइसक्यो। बुबाको सोचमा पनि यो विष’यलाई लिएर केही फरक छैन।अब आएर मैले आमाको यो सोच परिवर्तन गर्न सक्दिनँ। ‘पितृको सराप’ लाग्छ भन्ने डर उहाँहरूको मनमा छ। त्यसैले आफ्नो लागि नभइ, परिवार’को मुख बन्द गर्न भए पनि म घरमा महिनावारी बार्छु। महिनावारी विषय हामीले छ कक्षामा पढ्नु पर्थ्यो र यो विषय पढ्न मलाई निकै रूचि लाग्थ्यो। म कक्षामा ध्यान दिएर सुन्थेँ र नजा’नेको कुरा शिक्षकलाई सोध्थेँ।

तर कोही साथीहरू लाजले टाउको तल पार्थे। मलाई भने मतलब लाग्दैन थियो। अहिले आफ्नो घरमा महिना’वारी बार्ने चलनले गर्दा कहिलेकाहीँ साथीहरूको घर जाँदा पनि भान्सामा छिर्न सक्दिनँ। यसमा म आमाबु’बालाई पूरै दोष दिन्नँ। उहाँहरू जुन तरिकाले हुर्किनुभयो, मलाई त्यही सिकाउनुभएको हो। मेरो पुस्तासम्म फैलिस’केको यी कुचलन भविष्यमा भने अघि बढ्न दिन्नँ भनेर मैले अठोट लिएकी छु। आमाहरूले मलाई सिकाउनुभएका कुरा म मेरा छोराछो’रीलाई सामना गराउँदिनँ।

महि’नावारी बार्नु पछाडि वैज्ञानिक कारण थिए होला, तर समयसँगै यसलाई कुन तरिकाले लिने कुरामा फरक पर्छ। यस्तो बेला महिलाको शरीर अरू बेलाभ’न्दा कमजोर हुन्छ। सक्दो आराम चाहिन्छ। तर महिनावारी भएकालाई छुनै नहुने, सामान दिँदा पनि भुइँमा राखेर दिनु गलत हो।मलाई महिनावारी हुनुभन्दा अगाडि अत्ति नै रिस उठ्छ, रुन मन लाग्छ र चिढिन्छु। अधिकांश महि’लालाई महिनावारी हुनु एक हप्ता अगाडिदेखि नै ‘पिएमएस’ हुन थाल्छ। (पेट, कम्मर दुख्नेदेखि मुड खराब हुने लगायत सम’स्यालाई ‘पिएमएस’ अर्थात् ‘प्रि–मेन्सट्रुअल सिन्ड्रम’ भनिन्छ।

पिएमएसबारे स्टोरी पढ्नुस्ः कस्तो बेला छिनमै रिसाउँछन्, छिनमै खुसी हुन्छन् महिला?) त्यस्तो बेला परिवार’ले गर्ने व्यवहारले हाम्रो मानसिकतामा पनि धेरै असर पारिरहेको हुन्छ। यो विषयमा भने मेरो दाइ निकै बुझ्झ’की हुनुभयो। दाइले महिनावारी बेला छोइछाइ गर्ने विषय कहिल्यै समर्थन गर्नुभएन। उहाँ आफैं मेरा लागि प्याड किन्न जानुहुन्थ्यो र मलाई गाह्रो भएको बेला खाना वा औष’धि ल्याइदिनुहुन्थ्यो।

मलाई महि’नावारी हुनुभन्दा अगाडि बेस्सरी पेट दुख्छ। शरीरबाट रगत आएपछि भने ज्यान थकित भएको महसुस हुन्छ। तर महिनावारीकै कारण मैले अहिलेसम्म आफ्नो सुटिङ रोकेकी छैन। औषधि खाएर भए पनि म काममा जान्छु। एकप’टक ‘मेरी बास्सै’को सुटिङ बेला मलाई महिनावारी भएर बेस्सरी पेट दुखेको थियो। म कोहीसँग बोल्न सकिरहेकी थिइनँ। अनि कोही बोल्न आएपनि रिस उठेको थियो। पिएमएसका कारण अरूको चित्त दुखाउँला भनेर अगाडि नै सबैला’ई सचेत गराउँछु। – सेतोपाटीबाट

प्रतिकृया दिनुहोस्