किन आ’लोचित बन्यो ‘दोहोरी च्याम्पियन’को पहिलो श्रृङ्खला ?

‘दोहोरी रिया’लिटी टेलिभिजन शो’ ‘दोहोरी च्याम्पियन’को प्रशारण शनिबारदेखि सुरु भएको छ । नेपाल टेलिभिजनको प्रस्तु’ती रहेको ‘दोहोरी च्याम्पियन’को पहिलो श्रृङ्खलामा डिजिटल अडिसनबाट छनोट भएका ३५ समूहको फि’जिकल अडिसन प्रशारण गरिएको थियो ।

पहिलो भाग प्र’शारण भएसँगै यो शोले दर्शकको नकारात्मक प्रतिक्रिया पाएको छ । युटुबमा यो शोलाई लिएर दर्शकले आ’लोचना गरिरहेका छन् । यसको मुख्य’कारण भने, यसका निर्णायकहरु हुन् । लोकदोहोरी क्षेत्रमा स्थापित कलाकारहरुले समेत ‘दोहोरी च्याम्पियन’मा निर्णायकको निर्णय गर्ने शैलीलाई लिएर सामाजिक संजालबाटै आलो’चना गरिरहेका छन् ।

‘दोहोरी च्याम्पियन’को निर्णा’यकका रुपमा लोकदोहोरी गायक प्रजापति पराजुली, लो’कदोहोरी गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष समेत रहेका गीतकार रमेश बि.जी. र गायक तथा गीतकार चन्द्र शर्मा छन् । यस्तै, लोक’दोहोरी गायक बद्री पंगेनी र लोकदोहोरी गायिका प्रिती आले ‘दोहोरी च्याम्पियन’को संचालकको भूमि’कामा छन् ।

शनिबार युट्युबमा सार्व’जनिक यसको पहिलो श्रृङ्खलाले बुधबार बिहानसम्म ३ लाख १० हजार बढी भ्यूज बटुलेको छ । जसमा ८ हजार बढी प्रतिक्रियाहरु आएका छन् । अधिकांश प्रति’क्रिया आलोचनाले नै भरिएका छन् । अझ, विशेषगरि निर्णायक चन्द्र शर्माले दोहोरी गायिका कल्पना दाहालमाथि गरेको टिप्प’णीमा धेरैले आक्रोश पोखेका छन् । कल्पना दाहालको प्रस्तुतिपछि चन्द्र शर्माले प्रश्न गरेका छन्, ‘हामीले अरु कुनै टीभी–टीभीतिर देखेको कल्प’ना बैनी हो तपाई ?
तपाई अरु–अरु दोहोरी, एक दुई चोटी कताकता भाइरल–साइरल भएको बैनी हो ? त्यही कल्पना बैनी हो ?’ जुन प्रश्नमा निर्णायकले प्रति’योगीलाई ‘होच्याएर’प्रश्न गरेको भन्दै दर्शकले आलो’चना गरेका छन् ।

गायक भग’वान् भण्डारीले सामा’जिक संजालमा स्टाटस लेख्दै यो बिषयमा ब्यङ्ग्य गरेका छन् । उनले लेखेका छन्–‘तपाई त्यो पैला पैला एउटा दुइटा टीभी सीभीमा दोहोरी सोहोरी गाएर भाइरल सा’इरल भाको कल्पना सल्पना हो ?’

त्यस्तै, कतिपय प्रति’योगीको प्रस्तुतीपछि निर्णायकको निर्णय पनि बाँझिएको देखिन्छ । लोकदोहोरी क्षेत्रले फड्को मारेपनि निर्णायकको निर्णय पुरानो शैलीको भएको कतिपयले प्रतिक्रिया दिएका छन् । कति’पयले निर्णायकले प्रतिस्प’र्धीको गायन प्रतिभा भन्दा पहिरनमा बढी ध्यान दिएको भन्दै आलोचना गरेका छन् । कतिपयले भने यसका निर्णायकहरु प’रिवर्तन गर्नुपर्ने समेत माग गरेका छन् ।

‘दोहोरी च्या’म्पियन’लाई नेपाली लोकदोहोरी क्षेत्रको इतिहासमै सबैभन्दा ठूलो दोहोरी रियालिटी शो भनिएको छ । यो प्रतियो’गीतामा प्रथम हुनेले २० लाख, दोश्रो स्थान प्राप्त गर्नेले १० लाख, तेश्रो स्थान प्राप्त गर्नेले ३ लाख र एक जनाले २ लाख पुरस्कार सहितको सान्त्वना पुरस्कार प्राप्त गर्नेछन् । ‘दोहोरी च्या’म्पियन’ हरेक शनिबार बेलुका ८ः५० बाट नेपाल टेलिभिजनमा प्रशा’रण हुँदै आएको छ । – अनलाइनखबरबाट

प्रतिकृया दिनुहोस्