नेपाल विद्युत प्राधि’करणका कार्य’कारी निर्देशक कुलमान घिसिङको कार्यकाल भदौ २९ गतेबाट सकिदैछ । उनको कार्यकाल सकिनै लाग्दा उनलाई फेरि प्राधिकरणको जिम्मेवारी दिनुपर्छ भन्दै सामा’जिक संजालमा आवाज उठ्न थालेको छ ।
यो बहसमा नेपाली चलचित्रका कला’कारहरुले पनि साथ दिन थालेका छन् । कलाकार हरिवंश आचार्य लेख्छन्–‘यो देशमा अन्धकार ल्याउनेहरु धेरै छन्, तिनीहरुलाई खोजी खोजी हटाउनुपर्छ ।
उज्यालो ल्या’उनेलाई सम्मान गरौं । कुलमानको उ’र्जाले देशको उर्जा बढ्छ ।’हरिवंशले कुलमानको तस्वीर पोष्ट गर्दै यो स्टाटस कोरेका हुन् ।नायिका करिश्मा मानन्धरले त कुलमान घिसिङ फेरि विद्युत प्राधि’करणमा चाहिने उल्लेख गरेकी छिन् ।करिश्मा लेख्छिन्–‘थोरै आफ्नो सोचेर धेरै अरुको लागि गर्ने मान्छे कमै हुन्छन् । कुलमान घिसिङ फेरि चाहिन्छ ।’
गायक शिव परि’यारले पनि पुनः एक’पटक कुलमान घिसिङले विद्युत प्राधि’करण हाकेको हेर्न चाहेको उल्लेख गरेका छन् । उनी लेख्छन्–‘म व्यक्तिगत रुपमा कुल’मान घिसिङ्ले पुनः एकपटक विद्युत प्राधिकरणको हाकिम हुनु पर्दछ भनेर ने’पाल सरकारसँग एउटा नेपाली नाग’रिकको हैसियतमा जो’डदार माग गर्दछु ।
अहिले देश लाई, अहि’ले मात्र हैन सधैभरि देशलाई उज्यालो चाहिएको छ । अब, नेपाल सरका’रको निर्णय कुरेको छु हेरौं । आशा छ, उज्यालो प्रेमी हामी जस्ता तमाम नेपाली जन’ताको भाव’नाको नेपाल सरकारले सम्मान गर्नेछ ।
’यस्तै, नायि’का वर्षा राउतले कुलमानको तस्वीर पोष्ट गर्दै कलाकार हरिवंश आचार्य को पोष्ट शेयर गर्दै कुलमा’नको समर्थन गरेकी छिन् । सामाजिक सं’जालमा कुल’मान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुनुपर्छ भन्ने आवाज उठि रहेको स’मयमा सेलिब्रिटीले समेत यसमा समर्थन जनाउन थालेका छन् । – अनलाईन खबर