एक समय नेपाली फिल्म क्षेत्रमा आफ्नो ब’लियो प्रभुत्व जमाएकी अभिनेत्री विपना थापा करीब एक दशकदेखि सक्रिय अभिनय जीवनबाट टाढा छिन् । भारतीय मुलका व्यक्तिसँग विवा’ह गरेपछि नेपाली फिल्मसँग दूरी बनाएकी उनी नेपाल भने आइरहेकी हुन्छिन् । एक छोराकी आमा समेत भइ’सकेकी उनी नेफ्टा फिल्म अवार्डमा स’हभागी हुन नेपाल आएकी थिइन् ।
विवाहपछि नेपालमा आ’योजना हुने कुनै अवार्ड कार्यक्रममा उनी सहभागी हुन पाएकी थिइनन् । आयोज’कहरुले पनि उनलाई सम्झने गरेका थिइनन् । नेफ्टा अवार्ड आयोजक संस्था चलचित्र प्राविधिक संघले उनलाई एक महिना अगा’डिदेखि नै सम्पर्क गरेर नेपाल बोलाएको हो । शनिवार पाँचतारे होटल सोल्टीमा भएको अवार्ड कार्य’क्रममा पुग्दा उनी नर्भस र भावुक भएकी थिइन् ।
अवार्ड समारोहमा उद्घो’षकको रुपमा रहेकी माल्भिका सुब्बाले वर्षौंपछि विपना थापासँग सा’क्षात्कार गर्न पाएकोमा खुसी व्यक्त गर्दै उनको भनाई जान्न खोजिन् । तर, माइक स’मात्न नपाउँदै विपनाले आँशु थाम्न सकिनन् । उनी शब्दविहीन भइन् । १४ वर्षपछि अवार्ड कार्यक्रममा सहभागी भएर फिल्म इन्ड’स्ट्रीको परिवारसँग भेट्न पाउँदा आफूसँग खु’सीको सीमा नरहेको उनले बताइन् ।
गहभरि आँ’सु पार्दै उनले भनिन्, ‘म नेपालमा नभएर पनि होला । त्यसैले कसैमाथि आरोप ल’गाउन चाहन्नँ । तर, आजसम्म फिल्म इन्डस्ट्रीको एउटा कार्यक्र’ममा पनि मलाई बोलाइएको थिएनन् । म १११ वटा फिल्ममा काम गरेको हिरोइन हुँ । तर, १४ वर्षसम्म कसैले मलाई सम्झिएनन् । नेफ्टाले एक महिना अगाडिदेखि बो’लाएपछि स्वास्थ्य राम्रो नहुँदा नहुँदै पनि आएँ । एकदमै खुसी छु ।’
वर्षौंपछि फिल्मी मा’होलमा सहभागी हुन पाउँदा आफू विगतमा फर्किएको उनले बताइन् । अवार्ड कार्य’क्रमबाट बाहिरिँदै गर्दा विपनाले मिडियासँग भनिन्, ‘म आज १४ वर्षअघिको विपना महशुस गरिरहेको छु । मलाई दर्शकह’रुले निकै माया गर्नुहुन्छ । फिल्म इन्डस्ट्रीका धेरै जनासँग मेरो सामाजिक सञ्जा’लमा कुरा भइरहेको हुन्छ । सबैले आज पनि मलाई उतिक्कै माया गर्नुहुन्छ ।’
उनले अब आफू कमब्या’कको तयारीमा रहेको बताएकी छन् । गत वर्ष केही फि’ल्ममा काम गर्ने सहमति भए पनि कोरोनाले रोकिएको उनको भनाई छ । उनी भन्छिन्, ‘आउँदो अक्टोबर वा नोभेम्बरतिर फिल्म गर्छु होला । भविष्यमा फिल्म बनाउन पनि सक्छ तर तत्काल अभिन’यलाई नै निरन्तरता दिनेछु ।’ हालै एक सर्जरी गरेका कार’ण आफू केही मोटाएको उनले बताइन् । – इताजा खबरबाट