उपचार खर्च तिर्न नसकेपछि, बुवाआमाले अस्पतालमै छाडेर हिँडेका एक शिशुको नोबेल शिक्षण अस्पतालमा मृ’त्यु

बुवाआमाले छा’डेर हिँडेका एक शिशुको आइतबार राति नोबेल शिक्षण अस्पतालमा मृ’त्यु भएको छ। ती शिशुलाई एनआईसीयूमा भर्ना गरेपछि बुवाआमा चार दिनअघि सम्पर्कवि’हीन भएका थिए। उपचार खर्च तिर्न सक्ने अवस्था न’भएको भन्दै उनीहरू भागेको पाइएको प्रहरीले ज’नाएको छ।

श’व व्यवस्थापन गर्न समस्या भएपछि प्रहरीले शिशुका बुवा मोरङको जहदागाउँपालिका–७ सिर्सियाका २४ वर्षीय राजा मरण्डीलाई नि’यन्त्रणमा लिएको छ। मरण्डीलाई प’क्राउ गरी घ’टनाको अनुसन्धान थालिएको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले बताए।

प्रसूति व्यथाले च्यापेपछि अस्पताल ल्याउँदै गर्दा मरण्डीकी श्रीमती पार्वती मुर्मुले फागुन २५ गते बाटोमै छोरा जन्माएकी थिइन्। स्वास्थ्य सम’स्या रहेको थाहा पाएपछि राजा र पार्वतीले छोरालाई विराटनगरको सञ्जीवनी अस्पताल पुर्‍’याएका थिए। उक्त अस्पतालले स्वास्थ्य अवस्था ग’म्भीर रहेकाले तत्काल एनआईसीयूमा भर्ना गर्न भनेपछि उनीहरूले नोबेल अस्पताल पुर्‍’याएका थिए।

मरण्डीले साथमा रहेको १६ हजार रुपैयाँ भो’लिपल्टै सकिएपछि शिशुलाई अस्पतालमै छाडेर भा’ग्नुपरेको बयान प्रहरीसमक्ष दिएका छन्। मजदुरी गरेर परिवार च’लाउनुपर्ने भएकाले पैसा जु’टाउन नसकेको उनले प्रहरीलाई अवगत गराएका छन्। सुकुम्बासी अव’स्थाका मरण्डीका नाममा जग्गा’जमिन छैन। उनको परिवार ऐलानीमा बनेको झुप्रो घरमा बसो’बास गर्दै आएको छ।

फार्मेसीमा औषधि किन्दा र प्रयोगशालामा विभिन्न प’रीक्षण गर्दा साथमा भएको पैसा सकिएको उनले सुनाए। सुत्केरी श्रीमतीको स्वास्थ्य पनि राम्रो नभएको उनको गु’नासो छ। पार्वतीको स्वास्थ्य बिमा गरिए पनि यसबारे सुविधा थाहा न’पाउँदा शिशु छोडेर हिँडेको पाइएको नोबेलका प्रशा’सकीय अधिकृत दीपेश राईले बताए।

मरण्डीले भने बिमामा उ’ल्लेख भएको औषधि न’पाइने भन्दै अस्पतालभित्रको फा’र्मेसीले बाहिर किन्न पठाउने गरेकाले खर्च सकिएको दुःखे’सो सुनाए। उनकी श्रीमती भने घरमै छिन्। अन्नपूर्ण दैनिकमा यो खबर छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्