लोकगायक विष्णु खत्रीको लो’कदोहोरी गीत ‘अस्पताल’ सार्वजनिक भएको छ । खत्रीको आफ्नै युट्युब च्या’नलबाट शुक्रबार सार्वजनिक गरिएको सो गीतलाई २४ घण्टा नबित्दै ३३ हजार बढी पटक हेरि’एको छ ।
गीतमा गायक खत्री र गायिका शान्तिश्री परि’यारको स्वर छ । शब्द र सङ्गी’तसमेत गायक खत्रीले नै दिएका छन् । दिलीप रेग्मीको निर्देशन रहेको गीतको भिडियो’मा मोडल सारिका केसी, विमल केसीलगा’यतको अभिनय रहेको छ ।
युवायुवतीबीचको वियो_गान्त प्रेमलाई गीत र भिडियोमा मार्मिक’रूपमा चित्रण गरिएको छ । दुई दशकदेखि नेपाली लोक’सङ्गीतमा क्रियाशील खत्रीले यस’अघि सयौँ गीतमा स्वर दिइसकेका छन् ।
नेपाली जनजीवनका भोगा’इलाई गीतमार्फत जीवन्त ढङ्गले प्रस्तुत गर्न सफल गायक–सर्जक खत्रीका ‘भरिया दाइ’, ‘कि लास चा’हियो, कि सास चाहियो’, ‘जम्मु कश्मिरमा’, ‘नयाँ जमना’लगा’यतका गीत धेरै रुचाइएको थियो ।
खत्रीले हालै अन्त’र्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा ‘महिला हिंसा’ नामक गीतसमेत सार्व’जनिक गरेका थिए । उक्त गीतले हालसम्म युट्युबमा ४३ हजार ‘भ्युअर्स’ बटुलेको बताइएको छ । यस गीत विभिन्न बिरामीको यथार्थ पी’डालाई शब्दमा समा’वेश गरेर ल्याएको गायक खत्रीले बताए ।