पाकिस्तानको ला’हौर विश्वविद्यालयबाट दुई विद्यार्थीलाई सा’र्वजनिक रुपमा प्रेम प्रस्ताव राखेको भन्दै निष्का’सित गरिएको छ । विश्वविद्यालयमा पढ्ने एक युवतीले सबैको अगा’डि युवकलाई फूल दिएको र उनलाई अँगालो हालेकी थिइन् । विश्वविद्यालयका थुप्रै विद्यार्थीको अ’घिल्तिर यस्तो भएको भन्दै विश्वविद्यालयले दुबैलाई निकालि’दिएको छ ।
विश्वविद्यालयले एक बया’न जारी गर्दै उनीहरुलाई एक अनु’शासन कमिटीले बोलाएको तर उनीहरु पेश नभएको जान’कारी दिएको छ । उक्त बयानमा दुबैले विश्वविद्यालयको नियमको उल्लं’घन गरेको बताइएको छ । यसका साथै उनीहरुलाई विश्व’विद्यालयका सबै क्याम्पसमा प्रवेशमाथि रोक लगा’इदिएको छ ।
बीबीसीले यी दुईसँग य’सबारे कुरा गर्न सम्पर्क गरेको तर उनीहरुबाट यसबारे जवाफ नआएको ब’ताएको छ । यद्यपि, दुबैले आफ्नो ट्वीटरमा एक–अर्कालाई मे’न्सन गरेर आफूहरुले केही गलत नगरेको ब’ताएका छन् ।
सोसल मिडियामा चर्चाः
ट्वीटरमा यो घट’नाको विषयमा विभिन्न प्रतिक्रिया आइरहेको छ । कतिले विश्वविद्यालयको तारिफ गरेको छ भने कतिले आलोचना पनि ।
वकिल जैनब मजारी हाजिरले लेखेका छन्, ‘यो देशमा विश्वविद्यालयमा यौन हिंसा, भीडमा हिंसा, गोप्य क्यामरा (छात्रालाई ब्ल्याकमेल) जस्ता घटना सहन भइरहेको छ तर उनीहरुले कहाँ रेखा कोरेका छन्ः दुई व्यक्तिको सह’मतिमा अँगालो हाल्दा ।’
पाकिस्तानमा पछिल्लो केही सम’यमा थुप्रै विश्वविद्यालयमा शिक्षक र कर्मचारीद्वारा विद्या’र्थीमाथि दुष्कर्मका घट’ना सार्वजनिक भइरहेका छन् । उप महाद्वीपमा विशेष रुपमा पाकिस्तान क्रिकेटसँग सम्ब’न्धित विषयमा कुरा गर्ने क्रिकेट विश्लेषक डेनिस फ्रिडम्यानले ट्वीटरमा आफ्नो नाम परि’वर्तन गरेर डेनिस लाहौर विश्वविद्यालय राखेका छन् ।
एक प्र’योगकर्ताले लेखेका छन्, ‘विश्वविद्यालय विवाहको ब्यूरो होइन, उनीहरुलाई आफ्नो काम गर्न देउ ।’ यसको ज’वाफमा डेनिस नामका प्रयोग_कर्ताले लेखेका छन्, ‘सही हो । क्याम्पसमा खाना खाने अनुमति दिनु हुँदैन कि’नभने त्यो रेष्टुरेन्ट होइन ।’
एक प्रयोगकर्ता अ’फजल खान जमालीले लेखेका छन्, ‘तपाईं बच्चाको बला’त्कार गर्न सक्नुहुन्छ । उनीहरुलाई कु’ट्न सक्नुहुन्छ । उनीहरुको शो’षण गर्न सक्नुहुन्छ तर जब प्रेमको कुरा आउँछ तब मानिसहरु भन्ने गर्छन् कि यो इस्लामिक रिपब्लिकन अफ पाकि’स्तान हो । सार्वजनिक रुपमा विवाहको प्रस्ताव राख्नु’मा गलत के छ ?’
यस्तै अर्का एक प्रयोगकर्ता एजाज अलीले लेखेका छन्, ‘एक युवा जोडीलाई निकै साधारण आरोपमा निकालियो भनेर सुन्दा निकै दुःख लाग्छ । उनीहरुको अगाडि पूरा जीवन छ । मलाई आशा छ लाहौर विश्वविद्यालयले आफ्नो निर्णय फिर्ता लिनेछ ।’- रातोपाटीबाट