अभिनेत्री मनिषा कोइरालाको ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक

चर्चित अभिनेत्री मनिषा कोइरालाले महाशि’वरात्रीको अवसर पारेर ‘महामृत्युञ्जय मन्त्र’ सार्व’जनिक गरेकी छन् । परम्परागत शब्दमा तयार गरिएको महामृत्यु’ञ्जयमा मनिषालाई सुर–सुधाका सुरेन्द्र श्रेष्ठ र सरस्वती खत्रीले स्वरमा साथ दिएका छन् । गीतमा संस्कृत शब्द छन् । सुरेन्द्र श्रेष्ठले कम्पो’ज गरेको गीतमा राजीव श्रेष्ठको सितार, प्रेम रानाको बाँसुरी र विकास सिंहको गितार रहेको छ । अभिनेत्री तथा गायिका मनि&षाले मानिस अस्वाभाविक मृत्युबाट बच्न र राम्रो स्वास्थ्यको लागि यो मन्त्र तयार गरि’एको बताइन् ।

उनले पूर्वी र पश्चि’मी संगीतमा गीत तयार पारिएको जनाइन् । यो मन्त्र गीतको भिडियो निर्देशन तथा सम्पादन अनुप सापकोटाले गरेका हुन् । उज्ज्वल जोशी र जावेद खानको छायां’कन रहेको भिडियोलाई पाशुपत क्षेत्र र पाटन दरबारमा छायांकन गरिएको हो । सौर्य  दैनिकमा खबर छ ।  टाइम्स म्यु’जिक स्प्रिचुअल युट्युब च्यानलबाट सार्व’जनिक मन्त्रको दीप तुलाधरले रेकर्ड गरेका हुन् ।

यो पनि पढ्नुहोस्:एकै दिन ११ स्वास्थ्य सेवा केन्द्रको शिला’न्यास-नवलपरासी ९बर्दघाट सुस्तापूर्व०  नवलपुरको कावासोती नगरपालिकाले एकै दिन ११ आधा’रभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरेको छ । नगरपालिकाभित्रका विभिन्न ११ वटा वडामा यसै आर्थिक वर्षभित्र भवन निर्माण सम्प’न्न गर्ने गरी बिहीबार एकै दिन ११ वटा स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिए’को हो ।

वडा नं २, ४, ५, ७, ८, ९, ११, १३, १५ र १६ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र’को भवन शिलान्यास गरिएको हो । नगरपालिकाभित्रका सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यअनुसार आधारभूत स्वास्थ्य सेवा केन्द्र यस’अघि नै सञ्चालनमा आइसकेका छन् । सेवालाई थप व्यवस्थित बनाउन स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गर्न लागिएको नगर प्रमुख चन्द्रकु’मारी पुनले बताउनुभयो ।

नगरभित्र य’सअघि छवटा वडामा स्वास्थ्य केन्द्रका लागि भवन रहेकाले भवन नभएका बाँकी ११ वटा वडामा भवन निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । आधारभू’त स्वास्थ्य सेवा सहजरूपमा नागरिकले पाउन सकुन् भनेर सबै वडामा स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको र अहिले यसका लागि भवन निर्माण गर्न लागिएको नगरप्र’मुख पुनले बताउनुभयो । हरेक वडामा स्वास्थ्य’कर्मी पुर्याउने सरकारको नीतिअनुसार अहिले नगरभित्रका सबै वडामा आधारभूत स्वास्थ्य कार्यालय स्थापना गरिएको उहाँले बता’उनुभयो ।

उपप्रमुख पे्रमश’ङ्कर मर्दनिया थारूले सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुग्नु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । यसले हरेक नागरिकलाई सहजरूपमा आवश्य’क स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने उहाँले बताउनुभयो । हिजोको दिनमा सामान्य उपचारका लागि समेत अन्यत्र जानु’पर्ने बाध्यता रहेका नागरिकले आफ्नै वडाबाट सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने वाताव’रण बनाउन स्वास्थ्य सेवा केन्द्रले सहयोग पुग्ने उहाँले बताउ’नुभयो ।

एउटा का’र्यालय करिब रु ३८ लाखको लागतमा निर्माण हुने नगरपालिकाका आर्किटेक्ट इञ्जिनीयर पवन रुपाखेतीले बताउनुभयो । यसै आर्थिक वर्षभित्र निर्माण सम्प’न्न गर्ने गरी ठेक्का सम्झौतासमेत भइसकेको उहाँले बताउनुभयो । सङ्घीय सरकार र नगरपालिकाको साझेदारीमा भवन निर्माण गर्न लागिएको हो । नेपाल सरकारको भवन मापदण्डानुसार टाइप दुई प्रकारको भव’न बन्नेछ ।

आधारभूत स्वा’स्थ्य सेवा केन्द्रबाट सरकारले उपलब्ध गराउने ३५ प्रकारका निःशुल्क औषधिसहित खोप सेवा, परिवार नि’योजन, उत्तर प्रसूति सेवा, पोषणसहित सामान्य बहिरङ्ग सेवा प्रदान हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागि’लाले बताउनुभयो । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्