यी घरबेटी: जसले कोरोना देखिएर बाहिरै बसेकी युवतीलाई घरमै ल्याएर राखे

विराटनगर महानगरपालिका–३ मा भाडा बस्ने १९ वर्षीया युवतीमा दुई साताअघि कोरोना संक्र’मण पुष्टि भयो। काठमाडौं घर भएकी उनी १४ वर्षीय भाइलाई साथमै राखेर उनी काठमा’डौंमै बस्थिन्।

बन्धन सिमेन्टका मेनेजर रहेका बाबु भने आमासहित विराटनगरमा कोठा भाडा लिएर बस्थे। कोरो’नाका कारण क्याम्प’सको पढाइ बन्द भएपछि बाबु र आमा भएकै ठाउँमा विराटनगर आएकी युव’तीलाई संक्रम’ण देखियो।

पहिलो पटक परिवार’भित्र युवतीका ठूलोबा’मा कोरोना देखिएको थियो। विद्युत प्राधिकरणका प्राविधि’क रहेका विराटनगर–३ का ५७ वर्षीय उनका ठूलोबाको भने साउन २८ गते विराटन’गरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारकै क्रममा मृ त्यु भइसकेको छ।

कोरोना संक्रमित ठूलो’बाको सम्पर्कमा रहेका कारण ‘कन्टयाक्ट ट्रेसिङ’मा परेका उनी’सहित परिवारका चारै जनाले स्वाब’को परीक्षण गराए।

पीसीआर परीक्षणका क्रम’मा उनको रिपोर्ट पोजेटिभ आयो। बाबु, आमा र भाइको भने रिपोर्ट नेगेटिभ आयो। त्यस’पछि आत्ति’एका बाबुआमाले भाडा बसेको घरमा नराखि’कन युवतीलाई बाहिर’बाहिरै राख्दै आएका थिए।

तर उनलाई कोरोना संक्रम’ण भएकाले अन्यत्रै लगिएको कुरा चाल पाएका घरबेटी कृष्ण’कुमार सुवेदी र पत्नी राधा सुवेदीले युवतीलाई बाहिर नराख्न तथा बोलाएर आफ्नै घर’को एउटा कोठामा राख्न आग्रह गरे। सुवेदी दम्पत्ति’ले संक्रमित युव’तीलाई राख्नका लागि घरमै एउटा कोठा आइसोले’सनका लागि छु’ट्याइदिए।

युवती १० दिन’देखि घरबेटीकै घरको एउटा कोठामा ‘होम आइसोलेसन’ छिन्। उनको दोस्रो पटक स्वाब परीक्ष’णको तयारी भइरहेको छ। ‘संक्रमण भएपछि मेरा घरमा बस्ने भाडावा’लले हामीसँग सल्लाह नगरिकन लुकाएर छोरीलाई अर्कै स्थानमा बस्न पठाउनु भएछ,’ सुवेदीले भने, ‘बाहिर बस्न दिन मनले नमाने’पछि ल्याएर आफ्नै घरको एउटा कोठामा बस्ने व्यवस्था मिलाइ’दिएको हुँ।’

संक्र’मित युवतीलाई घरभित्रै राखिए पनि आफूह’रुलाई कुनै असहज नभएको बताए। सबै ठाउँमा ‘सेनिटाइज’ गरेर घरलाई ‘डिसइन्फेक्ट’ गरिसकिएको उनले जानका’री दिए। ‘आवश्यक मापदण्ड र प्रक्रिया पूरा गरेर ‘होम आइसोलेसन’मा राखि’एको छ।

स्वास्थ्य सम्बन्धी अपनाउनु पर्ने सबै सचेतना अप’नाइएको छ,’ सुवेदीले भने, ‘उनी घरको एउटा को’ठामा बस्छिन्। परिवारका सदस्यलाई उनको सम्पर्कमा नजान भनेका छौं र हा’मी पनि घरमा अलग्गै बस्छौं।’

सुवेदी परिवारसहित दोस्रो तल्लामा बसेर भुइँ तलामा संक्रमि’तलाई राख्न छुट्टै कोठाको व्यवस्था गरिदिएका हुन्। संक्र’मित युवतीका परिवार साउन ११ गतेबाट सुवेदी’को घरमा भाडामा बस्न थालेका हुन्।

अहिले युवतीले प्रयोग गर्ने स’रसामान, शौचाल’यदेखि लिएर बस्ने र खाने कोठा पनि अलग्गै छ। ‘कोरोना भएका’लाई घरबेटीले र छरछिमेकीले दुरव्य’वहार गरेका अनेक घ’टना छन्,’ सुवेदीले भने, ‘यस्ता घटना एकदमै दुःखद््, निन्द’निय र अमान’वीय हुन्।’

संक्रमितलाई मान’वीय व्यवहार गर्नुपर्छ भन्ने सोच सबैमा हुन आवश्यक रहेको उनले बताए। ‘मान्छेलाई सबैले सम्मा’न गर्न सिक्नु पर्छ। भोलि आफूलाई पर्दा पनि अरुले त्यस्तै व्यवहार गर्छन् भन्ने हेक्का सबैले राख्न जरुरी छ,’ उनले भने, ‘उनीहरुलाई घृणा, तिरस्का’र गर्नुहुँदैन। समाजमा सम्मा’नित तवर’बाट बाँच्न पाउने सबैको अधि’कार सुरक्षित हुनुपर्छ।’

रोग’ले धनी–गरिब नभन्ने भएकाले यस्तो बेला स’बैले सहयोग नगरेमा मानवता’नै हराएर जाने सुवे’दीको भनाइ छ। ‘घरमै ‘होम आइसोलेसन’ मा राखिएकी संक्रमितको स्वास्थ्य अवस्थाका बारेमा नियमित बुझ्ने काम गरिरहेको छु,’ सुवेदी भन्छन्, ‘अरुमा नसरोस भनेरसबैले सतर्कता अपनाएका छौं।’

सुवेदी दम्पत्तिले समाजमा उदाह’रणीय काम गरेको अधिकारकर्मी उमेश विश्वकर्माले बताए। ‘आइसो’लेसन अभावमा घरमै बस्न बाध्य संक्रमितलाई धेरै स्थानमा दुव्र्यवहार भएका छन्,’ उनले भने, ‘कसैले पनि दुर्व्यवहार गनर्नु हुँदैन र संक्रमित’लाई हौसला, प्रेरणा दि’एर समाजमा स्थापित हुने वातावरण बनाउनु पर्छ।’

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रति’ष्ठान धरानका प्र’वक्ता एवं मानसिक रोग विशेषज्ञ डा. निदेश सापकोटाले संक्रमित’लाई हेला’हिंसा गर्न नहुने बताए। ‘संक्रमितमाथिको दुर्व्यवहार सं’कीर्ण मानसिकताको उपज हो,’ उनले भने, ‘मान्छेले भोलिका दिनमा आफूलाई पनि यस्तै व्यवहार गर्छन् होला भन्ने नसोचि’कन जथा’भावि गरेको देखिन्छ।’

डा. सापकोटाले निको भइसकेका संक्र’मित भोलिका दिनमा आफ्ना लागि औष’धि हुन् भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको बताए। ‘निको भइसकेका संक्रमितबाट प्लाज्मा लिएर अहिले गम्भी’र अवस्थाका संक्रमि’तलाई बचा’उने काम भइरहेको छ,’ उनले भने।

भाडावा’ललाई आफ्नै घरमा ‘होम आइसोलेसन’को व्यवस्था गर्ने सुवेदी पूर्व शिक्षक हुन्। उनले शिक्ष’ण पेशाबाट दुई वर्ष’अघि अवकाश पाएका थिए। उनी प्रधानाध्यापक रहँदा मोर’ङको कटहरी गाउँपालिकाको भौंडाहामा रहेको तत्का’लिन लक्ष्मी निमावि जिल्लाकै उत्कृष्ट र नुमना बनाए।

सामाजिक अभियान्ताको छवि बना’एका उनी कोरोना भाइ’रस संक्रमित’माथि भइरहेको दुर्व्यव’हारका घट’नाको विरो’ध गर्दै आएका छन्। उनी कोरोना जितेर फर्किएकालाई सम्मान गर्नु पर्छ, घृणा, दुर्व्यवहार गर्न हुँदैन, र ससम्मान समा’जमा स्थापित गर्नुपर्छ भन्ने अभियान लिएर हिँडेका छन्।

सुवेदी कोरोना भाइरसको संक्रमणबाट बच्नलाई अपनाउनु पर्ने सावधानीका बारेमा पनि सबैलाई सचेत गराउँछन्। ‘सबै सुरक्षित रहँदै कोरोनालाई पराजित गर्नु पर्छ भन्ने अभियानमा छु,’ उनले भने, ‘संक्रमितलाई सम्मान गर्दै सजिलै कोरोनालाई जित्ने वातावरण बनाउनु पर्छ।’

संक्रमण भएकै कारण घरबे’टीदेखि लिएर आफन्त, नातागोता, परिवार र छरछिमेकीबाट अनेक पी’डा सहनु पर्ने अवस्था आउनु दुःखद् भएको सुवेदीको भनाइ छ। यो खबर अन्नपूर्ण पोस्टमा किशोर बुढाथोकी ले लेखेका छन् ।

प्रतिकृया दिनुहोस्