ओली सरकारको वि’कल्प खोज्नु पर्ने बताउँदै आएको नेपाली कांग्रेसले जनता समाजवादी पार्टीका नेताहरुसँग शुक्रबार साँझ छल’फल भएको छ । ओली सरकारको विकल्प’मा जानुपर्ने बताउँदै आएको कांग्रेसका र जसपाका शीर्षनेताहरुबीच शुक्रबार साँझ देउवा निवास बुढानिल’कण्ठमा छल’फल भएको हो ।
प्रतिनिधि सभा पुन’र्स्थापित गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताउने अदालतको आदेश आएपछि सत्ता सह’कार्यका लागि दलहरु परामर्शमा जुटि’रहेका छन् । निर्णायक मानिएको जसपासँग सत्तारुढ एमाले तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका नेताहरुले पनि छ’लफल गरिसकेका छन् ।
यही क्रममा शुक्रबार जस’पाका शीर्षनेताहरुसँग कांग्रेस सभापति शेरबहादुर देउवास’हितका नेताहरुले छलफल गरेका हुन् । जसपाका नेताहरुसँग छलफल गर्नु अघि शुक्रबार कांग्रेसका वर्तमान र पूर्व पदाधि’कारीहरुको बैठक बसेको थियो । सो क्रममा ओली सरकारको विकल्प खोजेर प्रमुख प्रतिपक्षी दलको हैसिय’तले कांग्रेसले निकास निकाल्नु पर्ने निष्कर्ष निकाले प्रवक्ता विश्वप्रकाश शर्माले जान’कारी दिए ।
सो निष्कर्ष निका’लेको कांग्रेस र जसपाबीच छलफल भए पनि कुनै सहमति नभएको जनता समाजवादी पार्टीका अध्य’क्ष महन्थ ठाकुरले जान’कारी दिए । उनकाअनुसार जसपाले रेशम चौधरीसहित आफ्ना बन्दी नेताहरुको रिहा गर्नुपर्ने, नेता तथा कार्यकर्तामाथि लगाइएको मुद्दा लिनुपर्ने र संविधान संशोधन गर्नुपर्ने पुरानै सर्तहरु कां’ग्रेससँग राखिएको छ ।विकसित राज’नीतिक घटनाक्रमका विषयमा छलफल भए पनि कुनै सहमति भने नभएको बताए’का अध्यक्ष ठाकुरले मिलेर जाउँ भन्ने कांग्रेसको प्रस्ताव आएको बताए ।
कांग्रेससँगको छल’फलबारे उनले भने, ‘सबै मिलेर जाने कुरा भएको छ, ठिक छ मिले जाउँ भन्यौँ । अब माओवादी केन्द्रसँग पनि कुरा गर्छाैँ । त्यसपछि निष्कर्ष निकाल्छौँ ।’ सबै दलहरुसँग छलफल गरिसकेकाले कोसँग सहमति नजिक हुनुहुन्छ भन्ने पत्र’कारको जिज्ञासामा अध्यक्ष ठाकुरले हाँस्दै भने, ‘हाम्रो लागि सब ओली सर’कार नै हो ।’- इताजा खबरबाट