फेरि घट्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार हुँदैछ?

शुक्रबार नेपाली ब’जारमा सुनको मूल्य घटेको छ । बुधबारको तुल’नामा बिहीबार सुनको मूल्य केही बढेपनि शु’क्रबार पुनः घटेको हो । नेपाल सुनचाँदी व्यव’सायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ८६ हजार २०० रुपैयाँमा कारो’बार भएको हो ।

यसअघि बिहीबार सु’नको मूल्य तोलामा ८६ हजार ८०० र बुधबार ८६ हजार २०० नै रुपैयाँ रहेको थियो । यस्तै शुक्रबार तेजा’वी सुन तोलामा ८५ हजार ७५० रुपैयाँमा कारो’बार भएको छ । यसैबीच शुक्रबार चाँदीको मूल्य पनि घटेर तोलामा १२७० रुपैयाँमा कारोबार भएको छ। यसअघि बि’हीबार चाँदीको मूल्य तोलामा १२८५ रुपैयाँ रहेको थियो ।

यो पनि पढ्नुहोस्- पुनःस्था’पित संसदको चौथो दल जनता समाजवादी पार्टी (जसपा) सत्ता जोगाउन र नयाँ गठबन्धन निर्माणका लागि तानाता’नमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जोगाउन जसपाको साथ खोजिरहेका छन् । यता प्रमुख प्रति’पक्षी नेपाली काँग्रेस र सत्ता समर्थक नेकपा माओवादी केन्द्रले पनि नयाँ सरकार निर्माणका लागि जसपाको साथ खोजि’रहेको छ । ३४ सांसद गरेको जसपा सरकार जोगाउन र नयाँ निर्माणका लागि निर्णा’यक छ ।

प्रधानमन्त्री ओलीलाई सर’कार टिकाइ राख्न थप १८ सांसद आवश्यक पर्दछ भने काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सरकार निर्मा’णका लागि जसपाको साथ अनिवार्य छ । यही परिदृश्यका बीच जसपा तानाता’नमा परेको हो । शुक्रबार प्रधानमन्त्री ओली र काँग्रेस सभा’पति देउवाले एकै समय छलफलका लागि जसपालाई बोला’इएको पाइएको छ ।

ओलीले विहिबारको छलफ’लको निरन्तरताका लागि शुक्रबार अपरान्ह चार बजे सरकारी निवास बालुवाटारमा बोलाएका छन् । यस्तै देउवाले पनि जसपाका शीर्ष नेतालाई ठीक त्यही समय बूढानी’लकण्ठ बोलाएका छन् । जसपाका नेता लक्ष्मणलाल कर्णले चार बजे प्रधानमन्त्रीले बोलाएको बताए । यता अध्यक्ष उपेन्द्र यादवले सोही समय देउवाले पनि बोलाएको रातोपाटीलाई जान’कारी दिए ।

चार बजे जसपा बालु’वाटार जान्छ कि बूढानीलकण्ठ भन्नेमा जसपामा नेताहरु नै अन्यौल देखिएका छन् । सत्ता समीकरणबारे निर्णय लिन जस’पा संसदीय दलको बैठक पनि बोलाइएको छ । जसपाले रेशम चौधरीको मुद्दा फिर्ता–रिहाइ तथा मधेस आन्दोल’नका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका शर्त राख्दै आएको छ । सत्ता गठबन्धनबारे जसपामा उपेन्द्र यादव र बाबुराम भट्टराई देउवा–प्रचण्ड र महन्थ ठाकुर र राजेन्द्र महतो ओलीसँग नजि’क देखिएको पाइन्छ । – रातोपाटीबाट

प्रतिकृया दिनुहोस्