शिवरात्री मनाउन भारतदेखि नेपाल आएका बाबाहरूको पशुपति क्षेत्रमा चहल’पहल बढेको छ । बिहीवार पर्ने शिवरात्रीका लागि निकै दिन पहिलेदेखि बाबाहरूको आउने क्रम च’लिरहेको थियो ।
महाशिवरात्रीको दर्शन गर्न भारतबाट आएका साधु’हरुले नेपाल ३ हजार वर्षदेखि हिन्दूराज्य भएको ब’ताउने गरेका छन् । महाशिवरात्रीको समयमा भारतबाट आएका ना’गा बाबा र साधु बाबाहरुले नेपाल सदिऔंदेखि सनातन धर्मको राज्य भएको ब’ताएका हुन् । नेपालमा त्रेता युगदेखि नै रामको राज्य र भगवान शिवले आफ्नो बा’सस्थान बनाएको ठाउँ हो यहाँ कसैले पनि अरु राज्य भन्नै पा’उँदैन् यो त हिन्दू राज्य हो ।
पशुपतिमा आ’एका अधिकांश बाबाहरुले नेपालमा अरुलाई नचिन्ने तर राजालाई चि’न्ने बताएका छन् । ‘नेपालमा हामीले चिन्ने विष्णुको अवतार भएका राजालाई चिन्छौं अरु त को हुन् को,’ भारतको गाजियावाद भदौली शिवमन्दिरबाट आएका ना’गा बाबा राम गिरीले लोकान्तरसँग भने, ‘हामी भगवान शिवलाई मान्छौं राजा मान्छौं ।’
पशुपतिमा चह’लपहल न्यून
शिवरात्रीको पूर्वसन्धामा पशुपतिमा चह’लपहल न्यून देखिएको छ । कोरोना भाइरसको संक्र’मण चलिरहेका कारण र नेपाल भारत सीमा आंशिक बन्द भएकाले चहल’पहल कम देखिएको छ । पशुपतिमा अघिल्लो बर्षजस्तो बाबाहरु पनि देखिएका छैनन् । पशुपति क्षेत्रमा देखिएको बाबाको चहलपहललाई लोका’न्तरकर्मी गगन अर्याल र विश्वास खनालले भिडियोमा उ’तारेका छन् ।
हेर्नुहोस् भिडियो –