आफ्नो गल्ति स्वीकार गर्दै प्रचण्डले मागे माफी, अब ४ बर्ष काठमाडौंमा न’बस्ने घोषणा !

नेकपा (माओवादी केन्द्र)का अध्य’क्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली प्रवृत्ति’विरुद्ध सम्झौता गर्न नसकेपछि आफूले १९ पृष्ठको प्रतिवेदन लेखेको बता’एका छन्।

बिही’बार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली प्रवृत्तिविरुद्ध आफू जेल जान र मर्न परे पनि तयार रहेर उक्त प्रतिवेदन लेखेको बताएका हुन्।

कार्यक्रममा उनले उमेर ढ’ल्किदै गए पनि अहिले आफू चुप लागेर न’बस्ने बताए । ‘जनयु’द्ध सुरु गर्दा ४२ वर्षको थिएँ, अहिले ६६/६७ वर्ष भएँ । उमेरले कति साथ दिन्छ छोडि’दिनुपर्छ पनि भन्छन्, तर म छाड्नेवाला छैन, माओत्सेतुङले ७२ वर्षमा साँस्कृतिक क्रान्ति गरेका थिए’ उनले भने, ‘म एक पटक फेरि क्रा’न्तिमा अगाडि जानेमा छु । म छोड्ने’वाला छैन, म लड्नेवाला छु ।’

‘मैले केपी प्रवृत्तिका विरु’द्ध जानीबुझी अब योसँग सम्झौता गर्नु भनेको हाम्रो सम्पूर्ण चिज ध्वस्त हुने खतरा देखेपछि म फेरि जेल जान पनि त’यार मर्न पनि तयार प्रहार गर्नै’पर्छ भनेर १९ पृष्ठको प्रतिवेदन तयार गरेको हुँ’, उनले भने।

उनले आफूले ओली प्रवृत्तिविरु’द्ध युद्धमा जाने भनेर हिंसाको कुरा नगरेको बताए। उनले अबको युद्ध शान्तिपूर्ण हुने भन्दै अहिले पनि युद्ध चलिररहेको बताए। उनले संसद विघटनविरु’द्ध अभियान चलाएर आफूहरुले ब्यटल जिते पनि युद्ध जि’त्न बाँकी नै रहेको बताए।

उनले युद्ध भनेर अहिले हिंसा’त्मक युद्ध गर्ने अवस्था नरहेको जिकिर गरे। ‘युद्ध भनेर हि’साामा जाने कुरा होइन। अहिले हामीले शान्तिपूर्ण युद्ध चलिरहेको छ। संघीय लोकतान्त्रिक गणतन्त्र, खारेज गर्ने षड्यन्त्र’विरुद्ध देश व्यापी लडौँ, प्रचण्ड भने।

उनले अब फेरि आफ्नै खुट्टा’मा उभिने बेला आएको र त्यसका लागि देशव्यापी अभियान चलाउने तयारी पार्टीले गरिरहेको उल्लेख गरे। प्रचण्ड अब आफू काठमा’डौँ कम र जनताको घरदैलोमा बढी जाने सोचमा पुगेको जानकारी दिए। ‘फेरि आफ्नै खुट्टा’मा उभिने बेला भएको छ।

देशव्यापी अभि’यान चलाउनेतिर सोचिरहेको छु, दाहालले अगाढि भने, ‘फेरि दुई चार वर्ष जन’ताको बीचमा जाने सोचिरहेका छु। काठमाडौँमा नबस्ने सोच बनाएको छु। हाम्रा विरुद्ध षड्यन्त्र भएको छ। हिजो सबै वर्ग तत्वका विरु’द्ध लडौँ त्यसैगरी आफ्नो खुट्टा’मा उभिनै पर्छ।’

उनले आफ्नो’ उमेर बढ्दै गए पनि फेरि एक’पटक लड्नुपर्ने बेला भएको बताए। दाहालले भने, ‘जनयुद्ध सुरु गर्ने बेला म ४३ बर्षको थिए। अहिले ६७ वर्षको भएँ फेरि अब एकप’टक लड्छु। क्रान्ति छाड्ने वाला छैन। हामी’ले जित्नै पर्छ। जित्छौँ।’

प्रचण्डले जनयु’द्धमा साथ दिएका पक्षलाई पार्टीले चाहिने जति ध्यान दिन नसकेको स्वीकार गरे। ‘तपार्इंह’रुप्रति हाम्रो ध्यान कम गएको हो त्यसको लागि माफी चाहन्छु । अब फेरि त्यसलाई सच्या’उने प्रयत्न गरिन्छ, दाहालले भने। – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्