अहिले चेपाङ समुदा’यको जिवनसैली फेरिदैं गएको छ । उनिहरु आर्थिक उपा’र्जनको काम व्यस्त छन् । चेपाङ समुदाय पछि’ल्लो समय शिक्षा, स्वास्थ्य लगायतका आधा’रभुत आवश्यकताको बारेमा निकै चनाखो भइसकेका छन् । पुर्खाहरु जंगलमै रमाएको भएपनि अहिलेनको नयाँ पुस्ता भने अन्य समुदाय जस्तै गरी समा’जमा आफ्नो पहिचान खोजीरहेको छ । प्रकृ_तिसँग जोडिएका सबै विषयलाई चेपाङ समुदायले भगवा’नसँग जोडेर हेर्ने गरेको छ ।
पहिला पहिलाका पुर्खा’हरु जंगलमै खेल्ने जं’गलमै बस्ने र जंगलमै रमाउने भएकाले पनि प्रकृतिसँग चेपाङ समुदायको बलियो र पुरानो नाता छ ।चेपाङ बस्तीका विषयवस्तु समेट्ने क्रममा हामी चेपाङ समुदायको बाक्लो बसोवास रहेको मक’वानपुर जिल्ला पुग्यौ । मकवानपुर जिल्लाको राक्सीराङ गाउँपालिकामा चेपाङ समुदायको बाक्लो बसोबास रहेको छ । राक्सीराङ गाउँ’पालिका वडा नम्वर ८ जिर्खेडाँडामा छ सोवरसिंह चेपाङको घर ।
उनले घरमा मौरी पालेका छन् । सोवरले मौरीको मह भन्दा पनि चाका’सहितकै घार बेच्ने गरेका छन् । मह बेच्न भन्दा घार बेच्दा फाइदा हुने भएकाले उनले महको साट्टो चाका’सहितको मौरीको घार नै बेच्न थालेका छन् । मौरी पालन व्यव’सायबाट मनग्य आम्दानी भइरहेको उनले बताए’का छन् । – ओएस नेपालबाट
भिडियोमा हेर्नुहोस: