मास्टरसेफ सन्तोष साहसँग, काठमाडौंको फूड टूर (भिडियो हे’र्नुहोस)

ग्वाराम’रिदेखि लाखामरि र छ्वेलादेखि बुल्लासम्म चाखे, थोँ सुरुप्प पारेर भए रमरम शनिबारको बिदा–सिदा गोली मारेर, काँधमा गह्रुँगो क्या’मरा र ट्राइपड बोकेर, मास्ट’रसेफ सन्तोष साहलाई पछ्याउँदै एकाबिहानै हामी नरदेवी आइपुगेका छौं। म र मेरा भिडिओ सहकर्मी विवेक खिम्दुङ राई सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधरको निम्तो’मा आएका हौं, जो आजका हाम्रा टूर गाइड हुन् र हामीलाई काठमाडौंका रैथाने पाकशा’लाहरूमा लिएर जाँदैछन्।

मैले उनलाई भनेको थिएँ, ‘हाम्रा नेताहरू दिनकै खि’चडी पकाउँदै छन्, यी बबुरा भान्सेको के दाल गल्ला?’उनले आफ्नै पारामा जवाफ दिए, ‘राजनी’तिको खिचडी निल्नु न ओकल्नु!’हो त नि! उनीहरू आफैं खान्छन्, हजम नभए आफैं ओकल्छन्! हामीलाई लिनु न दिनु! उनले अगाडि भने, ‘यी मास्टर’सेफलाई हाम्रा रैथाने परिकार चिनाउन पाए कम्तिमा उनले विदेशमा त चिनाउँछन्।’

आलोकले यस्तो आशा राख्नु गल’त होइन। बिबिसी मास्टरसेफ च्यालेन्जका उपविजेता सन्तोषले काठमाडौंको य:मरि बेलायतलाई चखाए, निर्णायक:हरूको वाहवाही पाए र आफू फाइनलसम्म पुगे। त्यसको भिडिओ हेरेदेखि यहाँका स्थानीयमाझ सन्तोषको लो’कप्रियता हलक्कै बढेको छ।

यतिखेर उनी हामीसित का’ठमाडौंका साँघुरा गल्लीमा हिँडिरहँदा पनि मान्छेहरू फर्की–फर्की उनैलाई हेर्दै छन्। बाइकमा कुदिरहेकाहरू आफ्नो स्पिड कम गर्दै छन् र हेल्मेटको आँखीझ्यालबाट उनैलाई चिहाउँदै छन्। कोही चाहिँ नेता–अभिनेताझैं हात हल्लाउँदै ‘सन्तोष दाइ तारे माम’ भन्दै छन्। कति यु’वायुवती त उनीसँग सेल्फी खिच्न’धरि झुम्मिए।

शनिबारको बिदा–सिदा गो’ली मा’रेर, काँधमा गह्रुँगो क्यामरा र ट्राइपड बोकेर, मास्टरसेफ सन्तोष साहलाई पछ्या’उँदै एकाबिहानै हामी नरदेवी आइपुगेका छौं। म र मेरा भिडिओ सहकर्मी विवेक खिम्दुङ राई सम्पदा अभियन्ता आलो’कसिद्धि तुलाधरको निम्तोमा आएका हौं, जो आजका हाम्रा टूर गाइड हुन् र हामीलाई काठमाडौं’का रैथाने पाकशालाहरूमा लिएर जाँदैछन्।

मैले उनलाई भनेको थिएँ, ‘हाम्रा नेताहरू दिनकै खिचडी पकाउँदै छन्, यी बबुरा भान्सेको के दाल गल्ला?’उनले आफ्नै पारामा जवाफ दिए, ‘राजनीतिको खि’चडी निल्नु न ओकल्नु!हो त नि! उनीहरू आफैं खान्छन्, हजम नभए आफैं ओकल्छन्! हामीलाई लिनु न दिनु! उनले अगाडि भने, ‘यी मास्टरसेफलाई हाम्रा रैथाने परि’कार चिनाउन पाए कम्तिमा उनले विदेशमा त चिनाउँछन्।’

आलो’कले यस्तो आशा राख्नु गलत होइन। बिबिसी मास्टरसेफ च्यालेन्जका उपविजेता सन्तोषले काठमा’डौंको य:मरि बेलायतलाई चखाए, निर्णायकहरूको वाहवाही पाए र आफू फाइनलसम्म पुगे। त्यसको भिडिओ हेरेदेखि यहाँका स्थानी’यमाझ सन्तोषको लोकप्रियता हलक्कै बढेको छ।

यतिखेर उनी हामीसित काठमा’डौंका साँघुरा गल्लीमा हिँडिरहँदा पनि मान्छेहरू फर्की–फर्की उनैलाई हेर्दै छन्। बाइकमा कुदिरहेकाहरू आफ्नो स्पिड कम गर्दै छन् र हेल्मेटको आँखीझ्यालबाट उनैलाई चिहाउँदै छन्। कोही चाहिँ नेता–अभिने’ताझैं हात हल्लाउँदै ‘सन्तोष दाइ तारे माम’ भन्दै छन्। कति युवायुवती त उनीसँग सेल्फी खिच्नधरि झुम्मिए।

तपाईंहरूलाई पनि राजनी’तिको घिसिपिटी खिचडीले स्वाद बिगारेको छ भने आउनुस् हामीसँग यो फूड टूरमा — केही मिठा स्वाद चाखौंला, केही मिठा बात् गरौंला। आखिर दिन त त्यसै ढल्किँदैछ! भरे फेरि राजनीतिको पाकशा’लामा उही घिसिपिटी खिचडी नै पाक्दैछ! लु त, आ छाय् लिबाक्यू? अब ढिलो किन? यो हाम्रो बिहानी नास्ता अर्थात्, ब्रेकफास्टको समय हो। नास्ता खान हामी नरदेवी’को तुंछेँ गल्लीमा छौं।

काठमाडौंको ब्रेकफा’स्ट के हो, तपाईंहरूलाई थाहा छ? जेरी–स्वारी? होइन! पुरी–तरकारी? होइन होइन! पाउरोटी? छ्या!हुन त अचेल मकैको चिउरा, गहुँको चिउरा, ओट्स, म्युसेलीजस्ता अनेक विकासे ब्रेकफास्टको बिस्कुन लागेको छ, तर सही अर्थमा काठ’माडौंको दिन सुरू हुन्छ तात्तातो ग्वारामरिबाट।

झिस’मिसेमा स्वयम्भू दर्शन गर्न उक्लेकाहरू जब घर ओर्लिने बेला हुन्छ, तपाईं त्यो बेला काठमाडौं घुम्न निस्क’नुस्, अनि देख्नुहुन्छ यहाँका गल्ली–गल्लीमा लागेको ग्वारामरि मेला। यस्ता कति पसल त ग्वारामरि र सेल पकाउन बिहान मात्र खुल्छन्, दिनभरि चकमन्न। दिउँसो मात्र घुम्नेले काठमाडौंमा लाग्ने ब्रेकफास्ट बजारको पत्तै पाउन्नन्।

ग्वारामरि भनेको सानो, पुक्क फुलेको, डल्लो रोटी। नेपाल भाषामा ग्वा’राको अर्थ डल्लो, मरिको अर्थ रोटी। नामअनुसार कुनै चिजको विशेषता ठ्याक्कै मेल खान्छ भने त्यो ग्वारा’मरि नै हो। जसले ग्वारामरि चाखेको छैन, उसले काठ’माडौंको स्वाद चिनेको छैन।

हाम्रो अगाडि फ’राकिलो फलामे कराईमा भकभकी तेल उम्लिँदैछ। पसलका सञ्चालक बाबुकृष्ण श्रेष्ठ गिलो मसालेदार पिठोको डल्लो एउटा–एउटा गर्दै थु’पुथुपु खसाल्दै छन्। तातो तेलमा पिठोको डल्लो डुंगाजस्तै तैरिन थाल्छ। आधा भाग तेलमै डुब्छ, आधा तेल’माथि पुक्क फुल्छ।

जसरी फेवाता’लमा माझीले बहना चलाउँदै डुंगा खियाउँछन्, त्यसरी नै बाबुकृष्ण तेलतालमा तैरिरहेका ग्वारामरीका डल्लाहरूलाई झाँझर (प्वाल–प्वाल परेको ठूलो पन्यू) चलाएर ओल्टा’इपल्टाइ पार्छन्। यी सब दृश्य आफ्नो मोबाइल क्या’मरामा कैद गरिरहेका सन्तोष साह सोध्छन्, ‘कति वर्ष हुनुभयो बुवा?’

‘८१ लागेँ’‘अनि पसल चलाएको कति भयो?’‘पसल त मभन्दा जेठो, सय वर्ष नाघ्यो होला।’‘हाम्रो पुस्तैनी व्यापार नै यही,’ बाबुकृष्णले पहिलो खे’पको ग्वारामरि तातो ते’लबाट छानेर ठूलो किस्तीमा खन्याए। उनकी पत्नीले कागजमा पोको पारेर हामी सबैलाई खान दिइन्। एक टुक्रा मुखमा टोकेपछि सन्तोषले भने, ‘नुनिलो नुनिलो हुँदो रहेछ, फुलौराजस्तो। बिहान खा’नलाई ठिक छ यो।’

ग्वारा’मरि भनेको मैदाको डल्लो हो, जसमा थोरै बेसार, थोरै नुन र खाने–सोडा मिसाइन्छ। धेरैलाई ग्वारामरि खाने तरिका थाहा हुँदैन। दिनदिनै खानेले पनि तरिका मि’लाएर खाएको मैले देखेको छैन। अक्सर उनीहरू ग्वारामरि कुटुक्क टोक्छन्, अनि चिया सुरुप्प पार्छन्। एकदिन असनको एउटा पसलमा मैले यसैगरी खाएको थिएँ। त्यहाँका सा’हुजीले मलाई नै ग्वारामरिसँगै चपाउँलाझैं गरे।

‘यसरी खाने होइन नि!’ उनले मलाई तरिका सिकाए, ‘पहिले अलिकति टोक्नुस्, अनि चियामा चोबेर सुरुप्प खानुस्।’अर्को तरिका पनि रहेछ– औंलाले ग्वारामरिको सानो टुक्रा कोट्ट’याएर प्वाल पार्ने र त्यही प्वालमा चिया उ’बाएर खाने। जसरी पानीपुरी खाइन्छ, त्यसरी नै।

मैले जसै अस’नमा सिकेको तरिका सुनाएँ, आलोकले भने, ‘म त त्यसरी नै खान्छु। चिया र ग्वारामरिको ‘कम्बो’ माक्कुसे (मिठो स्वाद) हुन्छ। ग्वारामरिले चियाको र चियाले ग्वाराम’रिको स्वाद बढाइदिन्छ।’हामी यता गफिँदै गर्दा सन्तो’ष साह ग्वारामरि पकाउने तरिका बुझ्दै थिए। मैले उनलाई भनेँ, ‘एकचोटि ट्राई गर्ने कि?’उनी कस्सिए। बाबुकृष्णले रमाउँदै ग्वारामरि पकाउने आफ्नो पुस्तैनी आसन छा’डिदिए।

सन्तोष दंग पर्दै आसनमा बसे र गिलो पिठोका डल्ला विस्तारै तेलमा खसाल्न थाले। बाबुकृ’ष्ण पछाडि बसेर उनलाई त्यसरी नै हात चलाउन सिकाउँदै थिए, जसरी शिक्षकहरू केटाकेटीलाई सिसाकलम चलाएर अक्षर कोर्न सिकाउँछन्। पकाउनु भनेको पनि कला हो, त्यसैले त पाककला! एउटा कला जानेको मान्छेलाई अर्को कला सिक्न कति बेर लाग्छ!हामीले अर्को खेपको ग्वारामरि सन्तो’षको हातबाट खायौं। त्यो पनि उस्तै खुरदुरे र उस्तै कुरकुरे थियो, जस्तो बाबुकृष्णले पकाएका थिए।‘स’जिलै रैछ,’ सन्तोषले भने, ‘एक–दुईचोटि अभ्यास गरेँ भने अझै राम्ररी जानिएला।’ – सेतोपाटीबाट

प्रतिकृया दिनुहोस्