दोलखाका धर्मेन्द्र तामाङले चितव’नको माडीमा पुगेर टर्की पाल्न थालेका छन् । उनले माडी नगर’पालिका वडा नम्वर ९ कृष्णनगरमा दोलखा गौरीशंकर मिलीजुली कृषी फार्म संचालन गरी टर्की पाल्न थालेका हुन् ।कृष्ण’नगरमा एक बिगाह जग्गा भा’डामा लिएर कृषी फार्म सुरु गरेका धर्मेन्द्र अब कृषीमै जीवन खोजीरहेका छन् । २४ बर्षका धर्मेन्द्रले एक बिगाह क्षेत्रफलमा धान रो’पेका छन् भने माछा पाल्ने तयारी पनि अन्तिम चरणमा पुगेको छ ।
‘हामी कहाँ टर्की’को मासु, चल्ला, अण्डा, लोकल कुखुरा र माछा पाइन्छ’ धर्मेन्द्रले भने, ‘यसलाई थप बढाउँदै लैजाने योजना बनाएको छु ।’ उनले अहिले ७ लाखको ल’गानी गरेका छन् । उनले नेपालमा कृषीको सम्भा’वना बढी रहेको बताए । ‘७ लाख लगानी गरेको छु’ टर्कीलाई दाना दिँदै गरेका धर्मेन्द्रले भने ‘१५ लाखको आम्दानी गर्ने लक्ष्य चाँही हाम्रो हो ।’ रोजगा’रीका लागि खाँडी मुलुक कतार पुगेका उनले अहिले भने सबैलाई आफ्नै देशमा अवसर खोज्न सु’झाव दिएका छन् ।
यो पनि पढ्नु’होस-मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दि’नभित्रै साकार हुँदै: मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दि’नभित्रै साकार हुँदैछ । चैतको दोस्रो हप्ताबाट काठमाडौं उपत्यकामा मेलम्चीको पानी वित’रण गर्ने कार्यतालिका तय भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।समितिका कार्यकारी निर्देशक तिरेश’प्रसाद खत्रीले मेलम्चीको पानी पिउने काठमाडौंवासीको लामो समयदेखिको सपना अब छिट्टै साकार हुने बताए । उनले भने, ‘चैत दोस्रो हप्ताबाट ३ महिनासम्म परीक्ष’णका रूपमा काठमाडौं उपत्यकामा मेल’म्चीको पानी वितरण गरिनेछ । परीक्षण सफल भएपछि वितरण कार्य १ महिना रोकेर ‘फुल फेज’मा पानी वितरण गरिने छ ।’
कार्यकारी नि’र्देशक खत्रीका अनुसार काठमाडौं उपत्यकामा पानी वितरणका लागि चैतको दोस्रो साताबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा खसालिने छ । सुरुङ सफा गर्ने काम भए’काले अहिले सुरुङको पानी बागमतीमा प्रवाह गरिएको छ ।मेलम्चीको पानी काठमाडौं उपत्यका खानेपानी लिमि’टेडको विद्यमान वितरण प्रणालीमा मिसिन्छ र सँगसँगै वितरण हुनेछ ।मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमल श्रेष्ठले सुन्द’रीजल प्रशोधन केन्द्रबाट आएको पानी वित’रणका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए ।
‘मेलम्चीको पानी वितरण’का लागि अहिलेसम्म कूल १ हजार १२५ किलोमिटरमा नयाँ वितर’ण प्रणालीको विकास गरिएको छ । त्यस प्रणालीमध्ये २०० किलोमिटरको परीक्षण कार्य सम्पन्न भई पानी वितरण गर्न तयारी अवस्थामा रहेको छ,’ उनले भने, ‘परीक्षण भएका २०० किलोमिटरबाहेक बाँकी सबै ठाउँमा केयूकेएलको मौजुदा प्रणालीमा जोडिएर मेलम्ची’को पानी आपूर्ति गर्ने आयोज’नाको आन्तरिक तयारी छ ।’
केयूकेएलले सेवा उ’पलब्ध गराइरहेको क्षेत्रमध्ये १ लाख १० हजार घरधुरीमा नयाँ प्रणालीमार्फत आपूर्ति गर्ने योजना रहेकोमा ८० हजार घरधुरीमा धारा ज’डान गरिएको छ । तीमध्ये १५ हजार धाराको परीक्षण भई पानी आपूर्ति गर्न सकिने अवस्था पुगिसकेको उनले जानकारी दिए । पहिलो चरणअन्तर्गत नरेफाँटसहित काठमाडौं र ललितपुरका चक्रपथभित्रका १ लाख १० हजार घरधुरीलाई पानी वितरण गर्ने कार्यक्रम आ’योजनाको छ । – ओएस नेपालबाट